दक्षिण एसियाली मुलुकमा अमेरिकाको चासो

ssapana44@gmail.com' jamuna aryal
२ पुष २०७५, सोमबार १६:१३

पुस २, नेपाल र अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुको बीचमा वार्ता हुनु कुनै नौलो कुरा होइन । यद्यपि यसले ठूलो अर्थ राखेको छ । अमेरिकाको तर्फबाट वार्ताको लागि प्रस्ताव आउनुले पनि अमेरिका नेपालको मामिलालाई नजिकबाट नियालिरहेको बुझ्न सकिन्छ । 

त्यसो त अमेरिकाले दक्षिण एसियाका नोपाललाई मात्र चासो दिएको भने होइन । केही समयअघि विदेशमन्त्रालयका अधिकारीहरुले श्रीलंका र माल्दिभ्सको भ्रमण गरेका थिए । यसका साथै पाकिस्तान र भारतमा पनि वरिष्ठ अमेरिकी अधिकारीहरुको भ्रमण भइरहेको छ । यसले दक्षिण एसियामा अमेरिकाको चासो बढ्दो क्रममा रहेको स्पष्ट देखिन्छ । 

माल्दिभ्स र श्रीलंकामा हालसालै देखिएको राजनीतिक परिवर्तनमा अमेरिकाको पनि चासो रहेको थियो । जसमा उसले अस्थायीरुपमा भए पनि केही सफलता हासिल गरेको छ । जसले पनि अमेरिकालाई साना मुलुकहरुमा आफ्नो बढाउन प्रेरित गरेको हो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१