मनिता देवकोटा मिस युनिभर्सको टप १० मा पुगेर बाहिरिन्

ssapana44@gmail.com' jamuna aryal
२ पुष २०७५, सोमबार १३:४४


पुस २, थाइल्याण्डको बैंककमा आयोजित मिस युनिभर्स २०१८ मा नेपालको प्रतिनिधित्व गरेकी
 मनिता  देवकोटा  टप १० मा पुगेर बाहिरिएकी छन् ।

अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट ५ छनौट गरी १५ जना र ५ जना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो । मनिता एसिया प्यासिफिक तथा अफ्रिकाका तर्फबाट तेस्रो नम्बरमा परेकी थिइन् ।

त्यसपछि हरेक प्रतिस्पर्धीलाई आफ्नो बारेमा १५ सेकेण्डको मन्तब्य दिने अवसर दिइएको थियो । यही मन्तब्यका आधारमा टप १० प्रतिस्पर्धीको छनौट गरिएको थियो ।

टप टेनमा नेपालसँगै दक्षिण अफ्रिका, भियतनाम, भेनेजुएला, फिलिपिन्स, कोस्टारिका, कुराकाओ, क्यानडा, थाइल्याण्ड र पुयोर्टो रिकोका सुन्दरीहरु परेका थिए । यो समूहबाट उत्कृष्ट पाँच छनोट गर्दा मनिता परिनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१