गौतमले पेश गरेको ‘फरक मत’लाई साझा दस्तावेज बनाउने प्रयास असफल

ssapana44@gmail.com' jamuna aryal
२ पुष २०७५, सोमबार १२:५८


पुस २, (नेकपा) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी को स्थायी कमिटी बैठकमा वामदेव गौतमले पेश गरेको ‘फरक मत’लाई केन्द्रीय सचिवालयका चार नेताको साझा दस्तावेज बनाउने प्रयास असफल भएको छ ।

बरिष्ठ नेता माधवकुमार नेपालले गौतमको प्रस्ताव अस्वीकार गरेपछि सचिवालय बैठक बहिस्कार गरेका चार नेताको संयुक्त दस्तावेज स्थायी कमिटीमा नगएको हो । 

गौतमनिकट स्रोतका अनुसार गत शनिवार स्थायी कमिटी बैठक बस्नुअघि माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग गौतमले बैठक गरेका थिए । 

स्रोतका अनुसार गौतमले आफ्नो मस्यौदालाई चारैजना नेताको साझा दस्तावेजका रुपमा स्थायी कमिटी बैठकमा लैजान प्रस्ताव गरेका थिए । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१