दाङ निर्माण ब्यवसायी संघको अधिवेसन माघको १३ र १४ मा, कोको छन त अध्यक्षको दाबेदारहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ पुष २०७५, सोमबार ०५:११

सागर थापा घोराही । भर्खरै सकिएको नेपाल निर्माण ब्यवसायि महासंघ प्रदेश ५ को अधिवेसनपछि अव प्रदेश ५ का १२ वटै जिल्लामा निर्माण ब्यवसायि संघको जिल्ला तहमा अधिवेसनको तयारी भइरहेको छ । प्रदेशको अधिवेसनका कारण धेरै ठाँउमा विभिन्न जिल्लाका अधिवेसनहरुको सरेका थिए । यसैक्रममा दाङ निर्माण ब्यवसायि संघ पनि अधिवेसनको तयारीमा जुटेको छ । दाङ निर्माण ब्यवसायि संघले आफ्नो आतिथ्यतामा केही समय पहिले घोराही महासंघ प्रदेश ५ को अधिवेसन गर्न सफल भएको थियो । महासंघ प्रदेश ५ को नेतृत्व दाङका वलिभद्र रानाले सर्वसम्मत पाए । राना यसअगाडि पटक–पटक दाङ निर्माण ब्यवसायि संघको अध्यक्ष बनिसकेका छन् । राना यसपुर्व घोराहीको मेयर भएर पनि काम गरीसकेका छन् । प्रदेशको नेतृत्व सर्वसम्मत चयन भएकाले प्रदेशभरी निर्विरोध कार्य समिति बनाउन पुरै दवाव परेको छ । जिल्ला तहमा नेतृत्व सर्वसम्मत बनाउन सम्वन्धित ठाउका पुर्व अध्यक्ष, सल्लाहकारहरु, अग्रज निर्माण ब्यवसायिहरु लागि परेका छन. । प्रदेशको अधिवेसन सफल बनाउनुका साथै प्रदेशको नेतृत्व दाङले ल्याएको कारण दाङमा नेतृत्व सर्वसम्मत बनाउन चर्को दवाव छ । दाङ निर्माण ब्यवसायि संघको यहि आउदो माघ १३ र १४ गते जिल्ला अधिवेसनको मिति तय भएको संघका महासचिव शोकबहादुर रोका मगरले बताए । महासचिव मगरले नेतृत्वदेखी कार्य समिति सर्वसम्मत बनाउन जिल्ला तहमा पहल भइरहेको र यसका लागि प्रदेश अध्यक्षदेखी कार्यवाहक अध्यक्ष, पुर्व अध्यक्ष, सल्लाहकार, पुराना निर्माण ब्यवसायिहरु लागि परेको जानकारी दिए । उनले नेतृत्व सर्वसम्मत बन्नेमा आफु विश्वस्त रहेको पनि बताए । उनले सर्वसम्मतका लागि धेरै पहल हुने र सहमति नजुटेको खण्डमा निर्वाचनमा जाने लोकतान्त्रिक विकल्प रहेको भन्दै सकभर नेतृत्व सर्वसम्मत बनाएर सबैलाई राम्रो शन्देश दिनु नै उपयुक्त हुने बताए । यद्यपि, संघको नेतृत्वका लागि लामो समयदेखी निर्माण ब्यवसायि संघका रहेर काम गरेका निवर्तमान महासचिव बिकास पुनको नाम सर्वाधिक चर्चामा छ । दाङ निर्माण ब्यवसायिहरुको कशरत छ । यसमा पुराना निर्माण ब्यवसायि, सल्लाहकारहरु, पुर्व अध्यक्षहरु अलि वढि नै क्रीयाशिल छन् । पुराना निर्माण ब्यवसायि वलबहादुर चापाईको पनि नेतृत्वमा दावि रहेको छ । अर्को तिर वर्तमान उपाध्यक्ष गोपाल घिमिरे पनि अध्यक्षका लागि दावि प्रस्तुत गर्दै आएका छन । त्यस्तै नेतृत्वका लागि भोजराज अधिकारीले पनि आफु रहेको भनेर आफ्ना निकट निर्माण ब्यवसायिलाई प्रचार लगाउने गरेका छन् । यद्यपि, अधिकारीले मुख खोलेर नेतृत्वका लागि इच्छा देखाउन सकेका छैनन् । त्यस्तै वर्तमान संघका महासचिव शोकबहादुर रोका मगर सर्वसम्मत भएको खण्डमा नेतृत्वमा इच्छा देखाएका छन् । उनले आफुभन्दा अग्रज निर्माण ब्यवसायि आएमा नेतृत्वका लागि सहजरुपमा छाडिदिने संकेत गरेका छन.

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१