मजदूरहरुले कान्तिपुर पब्लिकेशनलाई २४ घण्टे अल्टिमेटम

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ भाद्र २०७१, बुधबार ०७:४१

काठमाडौं ,११ भाद्र । केही दिनदेखि न्यूतम पारिश्रमिक लागु गरिनुपर्ने माग राखी आन्दोलन गरिरहेका कान्तिपुर पब्लिकेशनमा कार्यरत मजदूरहरुले आफ्ना माग पूरा गर्न व्यवस्थापन पक्षलाई २४ घण्टे अल्टिमेटम दिएको छ । आफूहरुले सूचना तथा संचार मन्त्रालय मातहत रहेको न्यूतम पारिश्रमिक निर्धारण समितिले निर्धारण गरेको न्यूतम पारिश्रमिकको लागि माग राख्दा व्यवस्थापन पक्ष पूर्वाग्रही बनेको मजदूरहरुले आरोप लगाएका छन् । उनीहरुले कान्तिपुर व्यवस्थापन पक्ष समस्या समाधानतिर भन्दै राजनीतिककरण गर्दै मजदूरमाथि दमन, धरपकड र निलम्बलन गर्दै समस्या चर्काइरहेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । संवाद डबलीमा मंगलबार पत्रकार सम्मेलन गरि विधिपूर्वक आफ्ना माग राख्दा उल्टै दमनमा उत्रेका भन्दै अखिल नेपाल क्रान्तिकारी संचार छापाखाना र प्रकाशन मजदूर संघका महासचिव केशव न्यौपानेले २४ घण्टा भित्र व्यवस्थापन पक्ष अहिलेकै रुपमा प्रस्तुस्त भए पत्रिका प्रकाशनमै रोक लगाउने बताए ।timthumb (1)

संघका कान्तिपुर इकाइ सदस्य शिवप्रसाद काफ्लेले आफूहरुले सरकारले तोकेको पारिश्रमिक माग गर्दा व्यवस्थापन पक्ष उल्टै दमनममा उत्रेको बताए । उनले आफूहरु वार्ता र छलफल गरी समस्या समाधान गर्न तयार रहेपनि व्यवस्थापन पक्ष गम्भीर नभएको बताए ।

कस्ता छन्, कान्तिपुरसँग मजदूरका माग ?

१. आर्थिक वर्ष (२०७१ साउन १) देखि लागु हुने गरि सरकारले तोकेको न्यूतम पारिश्रम रु. १० हजार आठ रुपैयाँ बनाइनुपर्ने ।

२. पब्लिकेशनमा वितरक बाहक तथा कर्मचारीलाई ठेकेदारी प्रथामा लैजाने हालैको निणर्य खारेज गरि पब्लिकेशनबाटै नियुक्ति दिनुपर्ने ।

३. स्वैच्छिक अवकास लिनहरुको हकमा न्यूनतम ३ वर्षसम्म काम गरिसकेकोलाई बार्षिक एक लाखका दरले र १५ वर्ष काम गरिसकेकाहरुलाई न्यूनतम वार्षिक २ लाख उपलब्ध गराउनुपर्ने ।

४. २ सय ४० दिन काम पूरा गरिसकेका कामदार तथा कर्मचारीलाई स्थायी नियुक्तिपत्र दिनुपर्ने ।

५. कर्मचारी कल्याणकारी कोषको व्यवस्थासहित कम्पनि नियमावली–विनियमावली बनाई कार्यान्वयन गरिनुपर्ने ।

६. सरकारले दिएको सार्वजनिक विदा लागु गरिनुपर्ने, क्षेत्रिय कार्यालयको हकमा कार्यरत मजदुर÷कर्मचारीहरुले भोग्दै आएका समस्या समाधानको लागि ऐनले तोकेको सेवा र सुविधा उपलब्ध गराउनुपर्ने ।

७. लब्लिकेशनले उपलब्ध गराउदै आएको मेडिकल इन्सुरेन्स पारशर्दी नभएकाले मेडिकलको लागि सम्पूर्ण खर्च पब्लिकेशनले आफै उपलब्ध गराउनुपर्ने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१