नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या १० लाख नाघ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ मंसिर २०७५, शुक्रबार ०४:५६

काठमाडौँ । विदेशी मुद्राको सबैभन्दा ठूलो स्रोत मानिने पर्यटन उद्योगमा एउटा खुसीको खबर आएको छ । चालु अंग्रेजी वर्षको पहिलो ११ महिना नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या १० लाख नाघेको छ ।

हालसम्म सबैभन्दा धेरै पर्यटक गत वर्ष आएका थिए । सन् २०१७ मा ९ लाख ४० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । गत वर्षको पहिलो ११ महिनाको दाँजोमा यस वर्षको पर्यटक वृद्धिदर १६ दशमलव ९ प्रतिशत रहेको छ ।

अध्यागमन विभाग तथा पर्यटन बोर्डले जारी गरेको तथ्यांकअनुसार सन् २०१८ को जनवरीदेखि नोभेम्बरसम्म १० लाख १ हजार ९ सय ३० जना विदेशीले नेपाल भ्रमण गरेका छन् । बोर्डका अनुसार पहिलो ११ महिनामा आउने कम्तीमा ३१ वटा मुलुकमध्ये सर्वाधिक ५ मुलुकहरूमा क्रमशस् भारत, चीन, अमेरिका, बेलायत र जर्मनी छन् ।

यो समयमा नेपाल आएका कुल १० लाख पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट १ लाख ७८ हजार, चीनबाट १ लाख ३४ हजार, अमेरिकाबाट ८२ हजार, बेलायतबाट ५७ हजार, जर्मनीबाट ३४ हजार थिए । 

संयुक्त राष्ट्रसंघ मातहतको विश्व पर्यटन संगठनका अनुसार कुनै एक स्थानको मानिस अर्को स्थानमा पुगेर कम्तीमा एक रात बिताएपछि पर्यटक मानिन्छ । नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्ष मनाउने घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१