न्यूनतम पारिश्रमिक लागू गराउन सञ्चारमन्त्रीको ठाडो निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ मंसिर २०७५, बिहीबार ०५:०९

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारद्वारा तोकिएको पत्रकारहरूको न्यूनतम पारिश्रमिक कडाइका साथ लागू गर्न मन्त्रालय र सूचना विभागका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

सञ्चार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बुधबारको बैठकमा उनले विभिन्न सञ्चार माध्यममा भत्ता जोडेर पत्रकारको न्यूनतम पारिश्रमिक २४ हजार ५०० रुपैयाँ पुर्‍याइएको पाइएको र त्यो गलत भएको बताए ।

‘पत्रकारको विशुद्ध पारिश्रमिक नै २४ हजार ५ सय रुपैयाँ हुनुपर्छ, त्यसमा भत्ता जोड्न मिल्दैन’ भन्दै उनले सञ्चार सचिव महेन्द्रमान गुरुङ र सूचना विभागका महानिर्देशक बालकृष्ण घिमिरेलाई न्यूनतम पारिश्रमिक जसरी भए पनि कार्यान्वयन गराउन निर्देशन दिए । विभाग मुलुकभरका पत्रकारहरूलाई ‘प्रेस प्रतिनिधि प्रमाणपत्र’ दिने र प्रेस रजिस्टारको काम गर्ने निकाय हो ।

उनले सरकारको विकास योजनाअनुरूप परिणाममुखी काम देखाउन मातहतका निकायलाई निर्देशनसमेत दिएका छन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१