वाइडबडी विमान खरिदमा भएको अनियमितता छानबिन गर्न केसीको नेतृत्वमा उपसमिति गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ मंसिर २०७५, बिहीबार ०४:५५

काठमाडौँ  । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेको प्रश्नको छानबीन गरी प्रतिवेदन दिन सात सदस्यीय उपसमिति गठन गरेको छ । समितिले वाइड बडी विमान खरीद सम्बन्धमा १५ दिनभित्र यथार्थ विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्न सांसद राजेन्द्र केसीको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ  ।

उपसमितिमा सदस्यहरु प्रेमबहादुर आले, मीना सुब्बा, चन्दा चौधरी, कृष्णलाल महर्जन, प्रदीप यादव र धर्मशीला चापागार्इं हुनुहुन्छ । उपसमितिले महालेखा परीक्षकको कार्यालय र सार्वजनिक खरीद अनुगमन कार्यालयको प्रतिवेदनलाई मुख्य आधार मानेर प्रतिवेदन तयार गर्ने कार्यादेश पाएको छ । समितिले यसअघि महालेखा परीक्षकको प्रतिवेदनमा देखाइएको बेरुजुका आधारमा जहाज खरीदका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत मन्त्रालय र निगमका उच्च पदस्थ अधिकारीसँग छलफल गरिसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१