काठमाडौं । पिरो खान मन पराउने धेरै हुन्छन् । तर, अत्यधिक पिरो त्यसमा पनि मसलेदार खानेकुराले छाती र पेटमा समस्या गर्छ ।
यद्यपि, हरियो खुर्सानी खाने हो भने पिरो स्वादसँगै अन्य लाभसमेत उठाउन सकिन्छ । हरियो खुर्सानीले पेट र छातीमा असर गर्दैन । यसमा भिटामिन ए, बी–६, सी, आइरन, पोटासियम, कार्बोहाइड्रेट र अन्य धेरै पोषक पदार्थ पाइन्छन् ।
हरियो खुर्सानी स्वास्थ्यसँगै सौन्दर्यका लागि पनि फाइदाजनक छ । दैनिक हरियो खुर्सानी खाएमा छालामा चमक आउनुका साथै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्छ । प्रशस्त मात्रामा भिटामिन सी र ई पाइने भएकाले रगत सफा गर्नुका साथै अनुहारमा आउने पिम्पल्सबाट समेत राहत मिल्छ । अब यसका फाइदाबारे चर्चा गरौँ स्
प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट: हरियो खुसार्नीमा पाइने एन्टिअक्सिडेन्टका कारण ओक्साइडेसनलाई कम गर्छ । जसले कोषिकाहरूलाई स्वस्थ रहन मद्दत गर्छ ।
रक्तसञ्चार बढाउँछ : प्रत्येक व्यक्तिको रक्तसञ्चार फरक–फरक गतिमा हुन्छ । रगतले सम्पूर्ण शरीरमा पोषक तत्व, अक्सिजन, हर्मोन, गर्मी, इलेक्ट्रोलाइट्स आदि पुयाउने गर्छ । हरियो खुर्सानी खाँदा रक्तसञ्चारलाई तीव्र बनाउन मद्दत गर्छ ।
प्रतिरक्षा प्रणाली मजबुत: हरियो खुसार्नीमा पाइने पोटासियम, फ्लोभोनोइड्स, भिटामिन सीका कारण शरीरमा प्रतिरक्षा प्रणाली मजबुत बन्छ । तर, यसका लागि सीमित मात्रामा नियमित रूपमा खुर्सानी खानुपर्छ ।
क्यान्सरको खतरा कम: सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसका लागि हरियो खुर्सानी एकदमै उपयोगी हुन्छ । आवश्यक मात्रामा खाँदा फोक्सोमा क्यान्सर हुने सम्भावना कम रहन्छ । यसका साथै प्रोटेस्टको समस्यालाई समेत कम गर्छ ।
छालामा चमक: हरियो खुर्सानी छालाका लागि फाइदाजनक मानिन्छ । खुर्सानीमा हुने भिटामिन ईले छालाका लागि आवश्यक तेल उत्पादन गर्न सहयोगपुर्याउँछ । खानासँग मात्रा मिलाएर खाँदा छालामा समेत चमक ल्याउँछ ।
संक्रमणबाट बचाउँछ: हरियो खुर्सानीमा एन्टिब्याक्टेरियल गुणहरू समावेश हुन्छन् । जसले संक्रमणबाट बचाउँछ । प्रायः महिलामा आइरनको कमी हुने हुन्छ । हरियो खुर्सानीबाट यो परिपूर्ति हुन्छ ।
आँखाको दृष्टि: हरियो खुर्सानीमा विभिन्न पोषक तत्व हुन्छन् । तिनले आखाँको दृष्टि तेज हुनुमा मद्दत गर्दछ ।
प्रतिक्रिया