अपाङ्गता भएकालाई बाहिर राखेर संवृद्ध नेपाल बन्दैन : निलकण्ठ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ मंसिर २०७५, शनिबार ०४:१०

काठमाडौं । अपाङ्गता भएकालाई बाहिर राखेर सरकारले संवृद्धिको कुरा गरिरहेको भन्दै राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रका केन्द्रीय अध्यक्ष निलकण्ठ पौडेलले तिब्र असन्तुष्टि पोखेका छन ।
“Count me, include me”  नाराका साथ २७ औं अन्तरास्ट्रिय अपाङ्ग दिवसको अवसरमा अपाङ्गता विशेष व्यक्ति सम्मान तथा अपाङ्गता सहायक सामग्री वितरण कार्यक्रम काठमाडौँमा बोल्दै पौडेलले समावेशीता र सहअस्तित्व अनुसार अपाङ्गता भएकाहरूलाई गणना गर्न र सहभागिता गराउन माग गरेका छन ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै मन्त्री पण्डितले सरकारले हाम्रो मन्त्रालयले अपाङ्ग भएका व्यक्तिलाई करारमा कर्मचारी नियुक्त गर्न र सरकारमा छलफल गर्ने बचन दिए ।

कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले समाजमा अपाङ्गहरूको पुनर्स्थापना हुनु पर्ने भन्दै निलकण्ठ पौडेलको खुलेर प्रशंसा गरे ।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान, २० जना अपाङ्ग विवाहित  जोडीलाई सम्मान पत्र सहित सम्मान भएका छन । साथै बैसाखी, सेतो छडी ह्विल चियर वितरण गरिएको थियो भने २०० जना अपांगहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१