काठमाडौँ । यसअघि फेसबुकमा काम गर्नु सबैभन्दा राम्रो मानिन्थ्यो तर यो पटक भने फेसबुकले अमेरिकामा सर्वश्रेष्ठ कार्यस्थल हुने मौका गुमाएको छ
।
फेसबुकले डाटा लिक गरेको आरोपसंगै यो पटक स्टक गुमाएको कारण फेसबुक यो पटक टप ७ मा झरेको छ
। त्यस्तै एप्पलले राम्रो रोजगार प्रदाता कम्पनिको रुपमा उच्च छलाङ मारेको छ
। रोजगार वेबसाइट ग्लासडोरको वार्षिक रिपोर्ट अनुसार अमेरिकाका १०० सर्वश्रेष्ठ कार्यस्थलको सूची अनुसार बोस्टनको कन्सल्टिङ कम्पनी बेन एन्ड कंपनी शीर्ष स्थानमा छ
।
ग्लासडोर वेबसाइटको रिपोर्ट अनुसार फेसबुक अब सातौँ स्थानमा पुगेको छ, त्यस्तै एप्पल ८४ औं स्थानबाट ७१ औं स्थानमा उक्लिएको छ ्र २०१७ मा फेसबुक अमेरिकामा सर्वश्रेष्ठ कार्यस्थल थियो भने एप्पल २०१६ मा ३६ औं स्थानबाट झरेर २०१७ मा ८४ औं स्थानमा पुगेको थियो
। (कमर्स कम्पनी एमेजन भने शीर्ष १०० कम्पनिको सूचीमा समेत परेन
।
सफ्टवेयर कम्पनी माइक्रोसफ्टले पनि यस सूचीमा आफ्नो स्थानमा सुधार गरेको छ
। माइक्रोसफ्ट ३९ औं स्थानबाट ३४ औं स्थानमा उक्लिएको छ
। ग्लासडोरको सूची यस्तो समयमा आएको छ कि जब विभिन्न मीडिया रिपोर्ट्सका अनुसार, फेसबुकका कर्मचारी अरु कम्पनिमा काम खोज्दैछन्
।
रोजगारको लागि टप २५ कम्पनीको सुची हेर्नुहोस्
१ बेन एन्ड कम्पनी
२ जूम भिडियो कम्युनिकेशन
३ इन(एन(आउट बर्गर
४ प्रोकोर टेक्नोलोजी
५ बोस्टन कन्सल्टिङ ग्रुप
प्रतिक्रिया