पत्रकार मञ्चको पद हस्तान्तरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० भाद्र २०७१, मंगलवार ११:२३

सुदिप अधिकारी

झापा, १० भाद्र  ।पत्रकार मञ्च दमकको आठौं साधारण सभा तथा तेश्रो अधिवेशनबाट निर्वाचीत कार्य समितिले सोमबारदेखि आफ्नो जिम्मेवारी लिएको छ । झापाको कन्काई पश्चिमी क्षेत्रमा क्रियाशिल पत्रकारहरुको साझा संस्था पत्रकार मञ्चको पद हस्ताण्तरण संगै नया समितिले जिम्मेवारी लिएको हो । सातौ साधारण सभाबाट निर्वाचित अध्यक्ष गोपाल झापालीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष गञ्जबहादुर दाहाल, हिमशिखर टेलिभिजनका अध्यक्ष ध्रुवप्रसाद न्यौपाने, कानूनी सल्लाहकार राजन ढुंगाना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा निर्वाचन समितिका संयोजक कृष्ण कार्कीले नवनिर्वाचीत अध्यक्ष पोखरेललाई तथा अध्यक्षले अन्य पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा तत्कालिन अध्यक्षले नवनिर्वाचीत अध्यक्षलाई कार्यालयको साँचो  तथा खाता प्रदान गरि पद हस्ताण्तरण गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१