स्क्रु ड्राइभरले मान्छे मार्नेदेखि मुटु,कलेजो, लिंग भुटेर खानेसम्मका खुङ्खार अपराधी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० भाद्र २०७१, मंगलवार १०:१८

नेपाली समाज दु्रत गतिमा अपराधोन्मुख बनिरहेको देखिन्छ । दिनदिनै धेरै अपराधका खबर आउँछन् । घरभित्रै या आफन्तबाट या नजिकका मान्छेबाट आफ्नै मान्छेमाथी अपराध गरेका घटना झनै बाक्लिएका छन् । घर, समाज र सुरक्षित भनिएकै स्थान थप असुरक्षित लाग्न थालेका छन् । बाबुबाट छोरीको बलात्कारपछि हत्या, बाबुआमा मारेर छोरो फरार, श्रीमान् मारेर श्रीमतिले गरिन् छोराछोरीसहित आत्महत्या, श्रीमान् गरे घाँटी थिचेर श्रीमतिको हत्या, यस्तै यस्तै । उदाहरण प्रस्तुत गरिसाध्ये नै छैन । यि घटना मान्छे मार्ने र छोड्ने घटना भए । नेपालमै कतिपय यस्ता घटना भएका छन् जो विश्वका भयंकर अपराधसँग मेल खान्छन् । केही वर्षअघि अपराधी बिरेन श्रेष्ठले ख्याति श्रेष्ठको हत्या गरी लासलाई दश टुक्रा पारेको घटना, प्रहरीका डीआईजी रन्जन कोइरालाले आफ्नै श्रीमतिलाई काठमाडौंमा हत्या गरी लास टुक्र्याएर दामन लगी फालेको घटना फरक प्रक्रितिका अपराध हुन् । आजको खास खबर विश्वका केही खुङ्खार अपराधीको डरलाग्दो अपराध र मान्छे किन बन्छ अपराधी भन्ने पाटोमा केन्द्रित छ ।aparadh fainal photo

इदी अमिन /युगान्डा : इदी अमिन युगाण्डाका शाषक थिए । तर उनमा भएको आपराधिक मनोबृत्तिकै कारण अन्ततः कुख्यात तानाशाह बन्न पुगे । युवतीको बलात्कारपछि हत्या गरेर मासु खाने युगान्डाका इदी अमिन हत्याको पीडाबाट आउने चित्कारमा रमाउथे । युगाण्डाका इदी अमिनले सुनको कराहीमा मानिसका मुटु–कलेजा भुटेर खाने गर्थे । इदी अमिनको अनौठो अपराधका घटनालाई कथा बनाएर तीनवटा चलचित्र पनि बनेका छन् । इदी अमिनको रेफ्रिजिरेटरमा सँधै मानिसका टाउका हुने गरेको बताइन्थ्यो । युवतीहरुलाई नाङ्गै उल्टो झुण्डाएर तरबारले काटेर मासु खाने गरेको आरोप इदीमाथि थियो । दादा इदी अमिनले चर्चित उनको सन् २००३ मा साउदी अरेबियामा मृत्यु भएको थियो ।

अर्मन मिउस /जर्मन : जर्मनको कुख्यात अपराधी अर्मन मिउसको अपराध झन् डरलाग्दो थियो । मिउस युवतीको होइन युवाको हत्या गर्थे । युवाको हत्या गरिसकेपछि लिंग काटेर नौनी, घिउ र लसुनमा भुटेर खान्थे अपराधी मिउस ।

जेफरी ड्यामर /अमेरिका : अमेरिकाका कुख्यात अपराधी जेफरी ड्यामर युवतीको बलात्कार गर्थे । बलात्कारपछि टुक्राटुक्रा पारेर हत्या गर्ने अनि मासुसमेत काटेर खान रमाइलो मान्थे जेफरी । सन् १९९१ सम्म १० वर्षको अवधिमा १७ जना मान्छेको लगातार हतया गरेको खुलासा भएपछि जेफरीलाई ९५७ वर्षको जेल सजाय दिइएको थियो ।

पेटर ब्रायन /बेलायत : बेलायतका कुख्यात अपराधी पेटर ब्रायन आपराध गर्ने शैली झनै फरक थियो । पेटर ब्रायनले ह्याम्मर र स्क्रु डा«ईभर प्रयोग गरेर मान्छेको हत्या गर्थे ।
चाल्र्स शोभराज /फ्रान्स  : भियतनाममा जन्मिएका फ्रान्सेली अपराधी चाल्र्स शोभराज अहिले नेपालको केन्द्रीय जेलमा छन् । उनी विश्वका कुख्यात अपराधी हुन् । ‘बिकिनी लेडी किलर’को नामले विश्वमै चर्चित शोभराज सुरुमा युवतीलाई फुल भएको बिकिनी किनेर दिने अनि मारिदिएर बिकिनीसहित लास फाल्ने अपराधी हुन् । नेपालकी २१ वर्षे युवती निहिता विश्वासले केही वर्षअघि सेन्ट्रल जेलमै चाल्र्ससँग बिबाह गरेको सार्वजनिक भएपछि विश्वासको विश्वासनीयतामा दुनियाँ छक परेको थियो । शोभराज विश्वका दर्जन बढी जेलमा सजाय भोग्दै भाग्दै अहिले नेपालको सेन्ट्रल जेलमा छन् ।

यस्ता अपराध जारी नै छन्, सन् २००८ को जनवरीमा लाइबेरियाको ३७ वर्षे व्यक्तिले बालकको हत्या गरेर मुटु निकालेर खाएको घटनाले विश्वलाई झसङ्ग पारेको थियो ।
नेपालका केही खुंखार हत्या अपराधि
केही वर्षअघि भएको ख्याति श्रेष्ठको हत्या विश्वका कुख्यात अपराधिले गर्ने प्रक्रितिको थियो । ख्याति श्रेष्ठको अपहरण पछि १० टुक्रा पारेर विभत्स हत्या गरिएको घटना यस्तै अनौठो घटना हो । बीरेनले ख्यातिको टाउको काटेर कार्टुनमा प्याक गरी काठमाडौको गोल ढुङ्गास्थित मुड्खुको जंगलमा फ्याके । हात गोडा पनि ८ टुक्रामा काटेर नारायणगढको मुग्लिन सडक खण्डको १७ किलो भन्ने ठाउमा फाले । शरिर लालितपुरस्थित बुङमतिको भिरालो पाखामा लगेर फाले । यसअघि कन्चनपुर भिमदत्तका मनोज चन्दले साथीहरुसँग मिलेर आफ्नै प्रेमिकाको सामुहिक बलात्कारपछि हत्या गरेका थिए भने पछि प्रहरीका डीआईजी रन्जन कोइरालाले प्रमिकासँग मिलेर टुक्रा–टुक्रा पारी श्रीमति मारेका थिए ।

यस किसिमले आपराध गर्नेलाई मनोविज्ञानले साईकोप्याथिकको चरित्र भएको अपराधि भनेको छ । गल्तिप्रति पछुतो नदेखिने साइकोप्याथिक समस्याका कारण बीरेन जेलबाट छुटे भने झनै भयंकर अपराध गर्नसक्ने अपराध मनोवैज्ञानिक बताउँछन् । युगाण्डाका इदी अमिन र फ्रान्सका चाल्र्स शोभराज पनि साईकोप्याथिक अपराधि हुन् ।

किन खुङ्खार अपराधी बन्छ सामान्य मान्छे ?
मनोविज्ञानले सबै मान्छे एकहदसम्म जनावर रहेको बताउ“छ । पशुले झै सहि र गलत छुट्याउन नसक्नु नै अपराधको सुरुवात हो । प्रेमिकाको हत्या गर्ने युवक र सार्वजनिक ठाउ“मा बम पड्काउनेहरु अपराधमा संलग्न हुनुको मनोवैज्ञानिक कारण फरक–फरक छ । मान्छेको मासु खाने इदी अमिन र युवतीहरु मार्ने चाल्र्स शोभराज अपराधी हुनुको मनोवैज्ञानिक कारण अझ फरक छ । बाल्य अबस्थाको कण्डक्ट डिजर्भलाई अभिभावक र समाजले नियन्त्रण गर्न नसके त्यो व्यक्ति अपराधी बन्न सक्छ ।

समाजमा बिखण्डन, बिद्रोह र बिग्रह भएपछि मान्छेमा अपराधको मनोविज्ञान विकाश हुने मनोबैज्ञानिकहरु बताउँछन् । बालबालिकामा आउने कण्डक्ट डिजर्भका कारण हुने अपराधको मनोविज्ञान फरक–फरक हुन्छ । बालबालिकाको असामान्य ब्यबहार नै कन्डक्ट डिजर्भ हो । अभिभावकले कन्डक्ट डिजर्भको नियन्त्रण गर्न सकेमा त्यही व्यक्ति समाजको आदर्श व्यक्ति पनि बन्न सक्छ । विभिन्न बाध्यता र लतले अपराधमा संलग्न व्यक्तिमा भने फरक मनोविज्ञानले काम गरेको हुन्छ ।
कतै सामुहीक रुपमा अपराधीक खेल हुन्छ, भने कतै ब्यक्तिगत । अपराधबाट ब‘च्न सकिने रणनीति बुनेर केही अपराधीहरु सामुहीक अपराध गर्छन् । अनि यौटा ब्यक्ति ऑफै अपराधको लागि सुरिन्छ, उसलाई कसैको डरको भावना हु‘दैन । त्यसैले पनि खतरनाक हुन्छ, ब्यक्तिगत अपराध । उसले मान्छे मार्नुलाई प्राथमिकतामा राखेको हुन्छ ।

अपराधको विकाश हुनुमा सामाजिक कारण मुख्य हो । बाल्य अबस्थाको असामान्य ब्यबहार अर्थात कण्डक्ट डिजर्भलाई उसका बाबुआमाले वा समाजले नियन्त्रण गर्न सकेन भने उ पछि गएर अपराधी बन्न सक्छ । बाल्य अबस्थामा आर्थिक समस्या झेलेको, बाबुआमाको घरायसी झगडाबाट पिडीत अनि साना तिना गल्तिप्रीत सचेत नगराईएका बालबालीका भबिश्यमा खुंखार अपराधी बन्ने गरेका छन् । किशोर अबस्थाबाट अपराधका लागेको अपराधी भन्दा बाल्यकालबाटै अपराधमा संलग्न अपराधी अन्तत भयंकर खतरनाक बन्ने मनोबैज्ञानिकहरुको भनाई छ । सामाजिक कारणबाट मान्छेमा लामो समयदेखि घातक अपराधिक मनोबृत्तिको विकास भएको हुन्छ । जसलाई मृत्युदण्डदेखि कुनै पनि कडा कानुनको डर हु“दैन । त्यो बाहेक सुरक्षा निकाय प्रभावकारी हुन नसक्दा पनि मान्छेमा छोटो समयमा नै आपराधिक मनोबृत्तिको विकास हुन्छ । त्यसैले अपराधका घटना अन्त्यका लागि सुरक्षा निकायका साथै सामाजिक र पारिवारिक सकृयता पनि उत्तिकै आवश्यक छ ।

khabarsathi

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१