प्रकृति कोषको हाकिम बन्न दर्जनको दौड -कसले मार्ला बाजी ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ मंसिर २०७५, मंगलवार ०४:१९

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)  को सदस्य–सचिव (कार्यकारी)  का लागि दौडधुप सुरु भएको छ । उक्त पदमा पूर्व विद्यार्थी नेता, पूर्व सचिव सहित दर्जन भन्दा बढी एक महिनादेखि दौडमा छन् ।

कोषमा २८ कात्तिकदेखि सदस्य–सचिव पद रिक्त छ । कोषको यो कार्यकारी पद सेवा, सुविधा र देश विदेश भ्रमण गर्न पाइने भएकाले आकर्षक मानिन्छ । कोषले पदयात्रामा विश्वमै ख्याती कमाएको अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र गौरीशंकर संरक्षण क्षेत्रसहित तराईमा पर्सा निकुञ्जदेखि शुक्लाफाँटा निकुञ्जसम्म जैविक विविधता र वन्यजन्तु संरक्षणमा काम गर्दै आएको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतनिकट स्रोतका अनुसार विगतमा वैद्य नेतृत्वको माओवादी विद्यार्थी संगठनमा अध्यक्ष रहेका नेकपाका नेता रामदीप आचार्यले जिल्लाबासीका हैसियतले आफूलाई सदस्य–सचिव बनाउन दबाब दिइरहेका छन् ।

उक्त पदका लागि वन मन्त्रालयका पूर्व सचिव कृष्णचन्द्र पौडेल, निकुञ्ज विभागका पूर्व महानिर्देशक मेघबहादुर पाण्डे र फणिन्द्रराज खरेल, लामो समय कोषमै काम गरेका टोपबहादुर खत्री, कास्कीका वन विज्ञ किरण पौडेल, भर्खरै पदावधि सकिएका गजुरेल, कोषकै वरिष्ठ अधिकारीहरु सिद्धार्थबज्र बज्राचार्य, दीपककुमार सिंह, सरिता ज्ञवाली, चितवन मेघौलीका कमल घिमिरेलगायत दौडमा छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालका भाइ एवं वनको सुशासन र कार्य अधिकारमा विद्यावारिधी गंगाराम दाहालको समेत सदस्य–सचिवमा नियुक्ति हुने सभावना छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१