शिक्षा आयोगको म्याद पुस २२ सम्म थपियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ मंसिर २०७५, मंगलवार ०४:१३

काठमाडौँ । सरकारले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको म्याद थप गरेको छ । निर्धारित समयमा काम नसकेकाले आयोगको म्याद ३७ दिन थपिएको हो ।

प्रारम्भिक प्रतिवेदन तयार पारेको आयोगले सरोकारवालाको राय–सुझाव संकलनका लागि पुस २२ सम्मको समय मागेको शिक्षा मन्त्रालयले जनाएको छ।

प्रारम्भिक बालविकास तथा आधारभूत, माध्यमिक, प्राविधिक तथा व्यावसायिक शिक्षा, अनौपचारिक शिक्षा, उच्च शिक्षा, समावेशी र समसामयिक, गुणस्तर सुशासन, वित्त र साझेदारी विषयमा छुट्टाछुट्टै ८ समूह बनाएर आयोगले प्रारम्भिक प्रतिवेदन तयार पारेको छ।

उक्त प्रतिवेदन एकीकृत गरेर राय–सुझाव संकलन थालिएको छ। आयोगको प्रतिवेदनअनुसार संघीय शिक्षा ऐन बनाउने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१