पेट्रोल र डिजेलमा २–२ रुपैयाँ मूल्य घट्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ मंसिर २०७५, मंगलवार ०४:००

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । अढाइ महिनापछि मूल्य समायोजन गरेको निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान २/२ रुपैयाँ प्रतिलिटर घटाएको छ । सोमबार रातिबाट लागू हुने गरी मूल्य घटाएपछि उपत्यकामा पेट्रोल १ सय १२ र डिजेल तथा मट्टितेल ९९ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
मूल्य घटाएपनि निगमले आगामी १५ दिनमा ५६ करोड ५८ लाख रुपैयाँ नाफा कमाउनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१