योगी योगेन्द्र
संखुवासभा,१० भाद्र । बैदेसिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका संखुवासभाका दुई युवाको उद्धार गरी हिजो काठमाडौं आइपुएका छन् ।उहिहरु नेपाल एयरलाइन्सको उडानबाट बिहान ११ बजे त्रिभुवन विमानस्थलमा आइपुएका थिए ।मलेसियाको सरकारले “गैरकानुनी रुपमा बसेको” भन्दै धरपकड गर्दा उहिहरु पक्राउ परेका थिए ।संखुवासभाका हरिप्रसाद श्रेष्ठ र मिलन श्रेष्ठ सहित १० जनालाई नेपाली दूतावासले त्यहाँको लिङकिङ जेलबाट उद्धार गरेर स्वदेश फर्काएको हो । ११ महिना बन्दी जीवन बिताएका उनीहरु मध्ये कतिले त खुट्टामा चप्पल धरी लगाएका थिएनन् । बन्दी जीवन बिताएका नेपाल आइपुएका उहिहरु निकै खुशी देखिन्थे ।उद्धार भइ नेपाल फर्किनेहरुमा संखुवासभाका हरिप्रसाद श्रेष्ठ र मिलन श्रेष्ठ सहित रुपन्देहीका मनोज कुँवर,लहानका हसिदेव चौधरी, सर्लाहीका तेजप्रसाद मैनाली, सप्तरीका प्रदीप मण्डल, काभ्रे श्रीदास तामाङ, पोखराका राजकुमा सुनुवार, सुनसरीका डिल्लीराम भट्टराई र इलामका प्रेम राई रहेका छन् ।
प्रतिक्रिया