दाह्री काटेपछि यसरी चम्काउनुहोस् गाला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०७५, आईतवार १८:०६

चिटिक्क देखिन तपाई दिनहुँ दाह्री फाल्नुहुन्छ होला। तर, कहिलेकाही दाह्री फालेपछि अनुहारमा रातो विमिरा आउनुका साथै छाला दर्खराउछ र कुनैबेला घाउ नै हुन्छ। तसर्थ दाही फालेपछि छालालाई ठीक पार्न आवश्यक पर्छ । निश्चय नै दाह्री फालेपछि छालालाई नरम बनाउने धेरै तरिका छन् ।

पुरुषले प्राय आफटर सेभ लोसन प्रयोग गरेको पाइन्छ। लोसन र मोश्चराइजरमा पनि रसायन मिसाएको हुनाले अनुहारमा असर पर्न सक्छ । दाह्री फालेपछि छालामा देखिने विमिरा, घाउ, वा अन्य समस्या ठिक पार्ने केही उपायः

चिसो पानीे छर्कनेः गालाको रातोपन र बिमिरा हटाउने यो सजिलो उपाय हो । दाह्री फाल्ने वित्तिकै गालामा चिसो पानी छर्कनुहोस् । गम्छामा आईसका टुक्रा राख्नुहोस् र बिस्तारै घाउ वा रातो भागमा लगाउनुहोस् । केही वेरमै निको हुन्छ ।

ह्वाईट टिः चियामा औषधीको गुण हुने भएकोले दाह्री फालिसकेपछि गालामा रातोपन वा घाउ देखिएमा यसको प्रयोग गर्नुपर्छ । चिसो पानीमा टि ब्याग भिजाउनुहोस र सो ब्यागलाई घाउमा दल्नुहोस् । गाला सुनिएको वा एलर्जी भएको पनि यसले तत्कालै निको पार्छ ।

कटुसाः दाह्री फाल्दा गाला काटेको छ र रगत आइरहन्छ भने कटुसलाई धुलो छर्कदा च्वाट्टै निको हुन्छ । कटुसमा हुने प्राकृतिक गुणले रगतको प्रबाहलाई रोक्छ । संक्रमणबाट बच्न पनि यो सबैभन्दा उपर्युक्त बिधि हो ।

स्याउको भिनेगरः दाह्री फालेपछि गालामा घाउ वा दाग आएमा वा सुनिएमा त्यसको उपचारमा स्याउको भिनेगर पनि प्रयोग हुन्छ । भिनेगरले संक्रमणबाट पनि बचाउँछ ।

घ्युकुमारीः गालाको छालाको संक्रमण तथा अन्य घाउको उपचारका लागि घ्यु कुमारी जस्तो उपयुक्त जडिबुटी अरु केही हुन सक्दैन । दाह्री फालेपछि तत्कालै घ्युकुमारीको जेल लगाइदिनुहोस्, केही क्षणमा नै घाउ निको हुन्छ ।

एस्पिरिनः यदि तपाईको संमेदनशिल छाला हो भने यो उपचार नगर्नुहोस् । यदि होइन भने एस्पिरिनको ट्याबलेटलाई पानीमा भिजाउनुहोस र यसको पेस्ट बनाउनुहोस् । त्यसपछि छालाको उत्तेजित भागमा यो पेस्ट लगाउनुहोस् । १० मिनेटपछि सफा गर्नुहोस् ।

महः दाह्री फालिसकेपछि गाला रातो भएर हैरान हुनुहुन्छ वा फोका आएको छ ? आत्तिनु पर्दैन । तत्कालै केही थोपा मह लगाइदिनुहोस् । केही क्षणमा नै निको हुन्छ । एन्टिव्याक्टेरियल गुणका कारण महले तत्काले सुनिने लगायत अन्य समस्याको समाधान गर्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१