स्मार्ट फोनले निम्त्याउन सक्छ ब्रेन ट्युमरदेखि मोतीबिन्दुसम्म

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०७५, आईतवार १८:०३

काठमाडौं । हार्भर्ड युनिभर्सिटी र युनिभर्सिटी अफ वरसेस्टर इंग्ल्यान्डको अनुसन्धानले ३० मिनेट भन्दा बढी समय स्मार्टफोनको स्क्रिनमा काम गर्दा मानसिमा गम्भीर असर पुग्ने देखाएको छ । अनुसन्धानपछिका निष्कर्ष यस्ता छन् ।

रातको समयमा स्क्रिनमा काम गर्दा आँखा सुख्खा हुन थाल्छ । रेटिनामा पनि खराब असर पुर्याउछ । लामो समयसम्म यस्तो बानी रहिरहेमा आँखाको दृष्टिसमेत कमजोर बन्छ ।

रातमा सुत्नुभन्दा पहिला मोबाइलको प्रयोग गर्दा शरीरमा मेलाटोनिकको मात्रा कम हुन सक्छ । जसका कारण लोमो समयसम्म निद्रा नपर्ने समस्या हुन सक्छ।

मेलाटोनिक हार्मोनको कमीले मानिसमा तनाब पनि बढ्न थाल्छ ।

रातमा लामो समयसम्म मोबाइल चलाउँदा ब्रेन ट्युमरको समेत सम्भावना बढेर जान्छ । यस्तो गतिविधिले मस्तिष्कको कार्यक्षमतालाई समेत कमजोर पार्दै लैजान्छ ।

रातमा लामो समयसम्म मोबाइल चलाउँदा मस्तिष्कको अप्टिक तन्त्रमा समस्या पार्छ । यसो हुँदा मोतीबिन्दु पनि हुन सक्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१