बंगलादेशमा ६ सयभन्दा बढी नेपाली विद्यार्थीको भविष्य अन्योलमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०७५, आईतवार ०५:३७

बंगलादेश । बंगलादेशमा कालो सूचीमा परेका ३७ मेडिकल कलेजमा अध्ययन गरिरहेका ६ सयभन्दा बढी नेपाली विद्यार्थीको भविष्य अन्योलमा परेको छ । नेपाल मेडिकल काउन्सिलले त्यस्ता कलेजमा अध्ययनरत विद्यार्थीले मुलुकमा चिकित्सकीय अभ्यास गर्न अनुमति नपाउने स्थिति आउन सक्ने उल्लेख गरेको छ ।

काउन्सिलका अनुसार हाल मुलुकबाहिर सबैभन्दा बढी मेडिकलका विद्यार्थी बंगलादेशमै छन् । नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन बंगलादेशका अनुसार यहाँका मेडिकल कलेजमा करिब ५ हजार नेपाली विद्यार्थी अध्ययनरत छन् ।

ढाकास्थित नेपाली दूतावासले गत वर्ष परराष्ट्र तथा शिक्षा मन्त्रालय र मेडिकल काउन्सिललाई पत्र पठाएर कालो सूचीका मेडिकल कलेजबारे जानकारी दिएको थियो । त्यस्ता समस्याग्रस्त मेडिकल कलेजमा विद्यार्थी नपठाउनसमेत दूतावासले आग्रह गरेको थियो ।  विभिन्न सूचनाका आधारमा यस्ता मेडिकल कलेजमा ६ सयदेखि करिब एक हजारसम्म नेपाली विद्यार्थी पढिरहेको आकलन गरिएको छ । स्रोतका अनुसार कन्सल्टेन्सी, दलाललगायतको भर परेर सरकारी निकायको अनुमतिबिना पढिरहेकाहरू, पर्यटक भिसाका, कालो सूचीका कलेजमा पढिरहेको भए पनि भविष्यमा सबै सहज हुने आशामा दूतावासलाई सूचना नदिएका कारण पनि यकिन संख्या किटान गर्न नसकिएको हो । बीएमएन्डडीसीका अनुसार बंगलादेशमा मान्यता प्राप्त ९३ मेडिकल र डेन्टल कलेज छन् । यसअन्तर्गत २३ वटा सरकारी र ५५ वटा गैरसरकारी मेडिकल कलेज छन् भने एउटा सरकारी र १४ गैरसरकारी डेन्टल कलेज छन् ।

कालोसूचीका मेडिकल कलेज/विश्वविद्यालय
१.नर्थन इन्टरनेसनल मेडिकल कलेज, धानमुन्डी, ढाका
२.केयर मेडिकल कलेज, इकवाल रोड, मोहम्मदपुर ढाका
३.शाहबुद्दिन मेडिकल कलेज, गुलसन, ढाका
४.आइची मेडिकल कलेज, अब्दुल्लाहपुर, ढाका
५. अल(डिन बसुन्धरा मेडिकल कलेज, साउथ केरनीगन्ज, ढाका
६.साफेना डेन्टल कलेज, डीआईटी रोड, ढाका
७. नर्थन मेडिकल कलेज, मेडिकल इस्ट एरिया, रंगपुर
८.सिटी मेडिकल कलेज, गाजीपुर
९.नाइटिंगेल मेडिकल कलेज, साभार
१०.बीजीसी ट्रस्ट मेडिकल कलेज, चिटगाउँ
११.जलालावाद रागिव(रवैया मेडिकल कलेज, सिलहट
१२.युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजी, चटगाउँ
१३.गोनोस्वास्थ्य समाज भित्तिक मेडिकल कलेज, साभार
१४.द पिपुल्स युनिभर्सिटी अफ बंगलादेश
१५.युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजी, चटगाउँ
१६.आईबीएआईएस युनिभर्सिटी
१७.क्विन्स युनिभर्सिटी
१८.सिलहेट इन्टरनेसनल युनिभर्सिटी
१९.साउद्रन युनिभर्सिटी बंगलादेश
२०.प्रिमियर युनिभर्सिटी
२१.ब्रिटानिया युनिभर्सिटी
२२.गोनो विश्वविद्यालय
२३.आसियान मेडिकल कलेज
२४.बसुन्धरा एड(डिन मेडिकल कलेज
२५.अब्दुल हमिद मेडिकल कलेज
२६.ब्रम्हनबरिया मेडिकल कलेज
२७.युनिभर्सल मेडिकल कलेज
२८.केयर मेडिकल कलेज
२९.पार्कभ्यु मेडिकल कलेज
३०.यूएस बंगला मेडिकल कलेज, नारायणगन्ज
३१.चट्टग्राम इन्टरनेसनल मेडिकल कलेज
३२.विक्रमपुर भुइयान मेडिकल कलेज
३३.मोनोआरा सिक्दर मेडिकल कलेज
३४.मेराइन सिटी मेडिकल कलेज, राजशाही
३५.शाह मक्दुम मेडिकल कलेज, राजशाही
३६.एचएमसीएच मेडिकल कलेज, चटगाउँ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१