काठमाडौँ । तीन दिनदेखि हराइरहेका ८ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार गोगंबु क्षेत्रमा स्वस्तिमा गेस्ट हाउस चलाइरहेका र गाडी धनीसमेत रहेका प्रवीण कुँवरका छोरा हराएका थिए ।
१ कक्षामा अध्ययनरत प्रयास हराएपछि प्रहरी परिसर काठमाडौंले तीव्र खोजी जारी राखेपनि उनी हराएका हुन कि अपहरणमा परेका हुन भन्ने पत्तो लागेको थिएन्।
अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिहंका अनुसार प्रविणको गाडी चालकसमेत रहेका महेन्द्र सार्कीले नै बच्चाको अपहरणपछि हत्या गरेको पुष्टि भएको बताए। उनका अनुसार एक महिनाअघि मात्रै महेन्द्रले गाडी चालकको रुपमा काम सुरु गरेका थिए।
काममा उदासिन रहेका कारण बारम्बार प्रविणले उनलाई सचेत गराइरहेका थिए। एसएसपी सिंहका अनुसार मंगलबार साँझ आफ्नै गेस्ट हाउसमा रहेको प्रयासलाई चालक महेन्द्रले चकलेट किनिदिने भन्दै लिएर गएका थिए। महेन्द्रले बच्चालाई लिएर ककनी पुऱ्याएको र त्यही जंगलमा घाँटी थिचेर हत्या गरेको अनुसन्धानले देखाएको छ।
बच्चा हराएलगत्तै महाशाखाले चालकको खोजी गरेको थियो। उनी पक्राउ परेपछि उनले बच्चाको हत्या गरेको र रातो झोलामा हालेर म्हेपीको पुलमुनी फालेको बताएका थिए। चालकले नै बच्चाको शव फालेको ठाउँ देखाएपछि प्रहरीले शव फेला पारेको थियो।
प्रतिक्रिया