काठमाडौं । एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष बिक्रम ढुकुछु र महासचिव कर्ण कुवर लगायतका मानवअधिकारवादी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौस्थित भारतीय राजदुतावास अगाडी प्रर्दशन गर्ने क्रममा एमनेष्टीका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो । अध्यक्ष ढुकुछु लगायतका नेताहरुलाई प्रहरीले महानगरिय प्रहरी बृत लैनचैरको हिरासतमा राखेको छ ।
एम्नेष्टी इन्टरनेशनल इन्डिया लगायतका मानवअधिकार तथा परोपकारी सामाजिक संस्थाहरुमाथि भारत सरकारका अधिकारीहरुले गरेको हस्तक्षेपको संसारभरका एम्नेष्टीकर्मीहरुले विरोध गरिरहेका छन ।
भारतीय सरकारी अधिकारीहरु र प्रधानमन्त्री नरेन्द्र मादीले मानवअधिकार सम्बन्धित कामहरु दवाउन खोजेको एम्नेष्टीले आरोप लगाएको छ ।
गत कार्तिक ८ मा भारतीय सुरक्षा निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेटले एम्नेष्टी इन्डियाको बैंक खाता रोक्का गरेको थियो । बैंक खाता रोकिएपछि मानवअधिकार शिक्षा सम्बन्धि कामहरु प्रभावित भएका छन । भारत सरकारले अन्य अधिकारवादी संस्थाका गतिविधिमाथि पनि प्रतिबन्ध लगाउदै आएको छ ।
प्रतिक्रिया