हेटौंडा । प्रदेश ३ सरकारले आर्थिक वर्ष ०७४ र७५ मा मात्रै ७ करोड ५२ लाख ९ हजार ६ सय १३ रुपैयाँको सवारी साधन खरिद गरेको छ ।
त्यसका लागि ८ करोड २३ लाख ८१ हजार बजेट छुट्याइएको थियो। कुल बजेटको ७ दशमलव ३६ प्रतिशत रकम सवारी साधन खरिदमा नै खर्च गरिएको छ।
संघीय सरकारले प्रदेश ३ का लागि पठाएको समानीकरण अनुदान १ अर्ब २ करोड ५ लाख तोकिएको अनुदानकै आधारमा प्रदेश सरकारले ‘आय र व्ययको अनुमान’ प्रस्तुत गरेको थियो।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सवारीसाधनमा १ करोड ३० लाख विनियोजन भएकोमा १ करोड २९ लाख ३० हजार १ सय ३९ खर्च गरिएको छ।
मन्त्रालयहरूले प्रत्येक वर्ष गाडी खरिद गर्न थालेका छन्। मुख्यमन्त्री डोरमणि पौडेलले प्रयोग गर्ने गरी ३ वटा गाडी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छन्। मुख्यमन्त्री पौडेलले नै प्रयोग गर्ने गरी हालै विद्युतीय गाडी खरिद गरिएको छ।
प्रतिक्रिया