हिमालयन शेर्पा फाउन्डेसनले गर्यो जर्मन नागरिकलाई सम्मान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ मंसिर २०७५, बिहीबार ०५:३८

काठमाडौँ । सगरमाथा आधारशिविरमा चार वर्षअघि गएको हिमपहिरोमा परेका आरोहीलाई उद्धार गर्ने जर्मन नागरिक मेथियस वाउमन र फ्रेक स्टेवलरलाई सम्मान गरिएको छ ।

यी दुई विदेशीलाई हिमालयन शेर्पा फाउन्डेसनले राजधानीमा मंगलबार आयोजना गरेको कार्यक्रममा पर्यटन सचिव कृष्ण देवकोटाले सम्मान गरेका हुन्।

फाउन्डेसनका अध्यक्ष पुर्बा ग्याल्जेन शेर्पाका अनुसार यी दुई जनाले सन् २०१४ मा सगरमाथा आधारशिविरमा गएको हिमपहिरोमा परेका दर्जनौं आरोहीको उद्धार गरेका थिए। उक्त हिमपहिरोमा परी १६ जनाको मृत्यु भएको थियो।

वाउमन वरिष्ठ सर्जन हुन्। उनले सगरमाथा आरोहण गरिसकेका छन्। स्टेबलर रेस्लिङ विजेता हुन्। उनले सन् २०१८ सहित ३ पटक विश्व रेस्लिङ उपाधि हात पारेका छन्।

वाउमन र स्टेबलरकै पहलमा हिमालयन शेर्पा अस्पताल निर्माणका लागि आर्थिक संकलन भएको थियो। निस्शुल्क सेवा दिने उद्देश्यले खुम्बु पासाङ ल्हामु गाउँपालिकाको फाक्दिङ क्षेत्रमा १५ बेडको अस्पताल बनाइएको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१