केसीले सरकारलाई दिए पुष २ सम्मको अल्टिमेटम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ मंसिर २०७५, मंगलवार ०५:४९

काठमाडौँ । प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारले आफूसँग गरेको सम्झौता पुष २ गतेसम्ममा पुरा गर्न अल्टिमेटम दिएका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै डाक्टर केसीले १५ औँ सत्याग्रहको क्रममा साउन १० गते सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन नगरिए पुष २ गतेबाट अनसनमा बस्ने घोषणा गरेका हुन्।

उनले सम्झौता बमोजिम चिकित्सा शिक्षा ऐन संशोधन गरेर संसदबाट अविलम्ब पारित गर्न माग राखेका छन्। यस्तै, सरकारको निर्णय उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्न माग समेत गरको छन्।

डाक्टर केसीले सरकारलाई निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन माग राखेका छन्।उनले प्रमाण लोप गर्ने, झूठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या गर्ने व्यक्तितहरुमाथि तत्काल फौजदारी मुद्दा चलाउन माग राखेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१