टानको कार्यालयमा तालाबन्दी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ मंसिर २०७५, मंगलवार ०५:४३

काठमाडौ । ट्रेकिङ क्षेत्रका पर्यटन ब्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) मा तीन मजदुर संगठनले तालाबन्दी गरिदिएका छन् । यूनिट्राभको नेतृत्वमा नेपाल पर्यटन श्रमिक संघ, अखिल नेपाल पर्यटन मजदुर संघले संयुक्तरुपमा तालाबन्दी गरिदिएका हुन् ।

गत साउनमा तलब, भत्ता , बीमा, चाडपर्व भत्ता लगायत विषयमा पर्यटन मजदुरहरुले टानसमक्ष सात सुत्रीय माग पत्र राखेको र तीन महिना बितिसक्दासमेत समस्याको समाधानतर्फ टान कार्यसमिति एवं पदाधिकारी उदासिन भएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए ।

पथ प्रदर्शकको ज्याला वृद्धि, सामाजिक सुरक्षा ऐन, श्रम ऐन, श्रमिक दुर्घटना बीमा, औषधि उपचार बीमा र श्रमिकको हकहितको नाममा उठाएको टिम्स रकम सार्वजनिक गर्नुपर्ने, कल्याणकारी कोषको स्थापना गर्नुपर्ने, चाडपर्व खर्चको साथै विगतमा गरिएको सम्झौता कार्यन्वयनको माग गर्दै तालाबन्दी गर्नुपरेको उनले बताए ।

पटक–पटक ध्यानाकर्षण गराउँदासमेत टानले श्रमिकको जाहेज मागलाइ ध्यान नदिएको र सरकारले वृद्धि गरेको तलब भत्तासमेत श्रमिकले नपाएको भन्दै तालाबन्दीको विकल्प नभएको नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष कपिल पाण्डेले बताए । यता अखिल नेपाल पर्यटन मजदुर संघका महासचिव उपेन्द्र उप्रेतीले श्रमिकका जायज मागलाई संयुक्तरुपमा उठान गरिएको र समस्या समाधान नभएसम्म आफूहरु चरणबद्ध विरोधमा उत्रिने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१