इराकमा बाढीबाट मर्नेको संख्या २१ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० मंसिर २०७५, सोमबार १३:३५

इराकमा भारी वर्षापछि आएको बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु छ। उक्त बाढीमा दर्जनौँ व्यक्ति घाइते भएका इराकी अधिकारीले जनाएका छन्। मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका छन्।

इराकी स्वास्थ्य मन्त्रालयका प्रवक्ता सेफ अल–बाडरले वर्षापछि आएको बाढीका कारण दर्जनौँ बस्तीहरू डुवानमा परेका र शनिबार र आइतबार गरी जम्मा २१ जनाको मृत्यु भएको बताएका छन्।

देशको कैयौँ भागमा खेतीजन्य जमिन डुबान हुँदा ठूलो मूल्य बराबरको बालीनाली, फलफूल तथा तरकारीसमेत नष्ट भएको उनले बताए। बाढीको कारण भएको क्षतिको सम्पूर्ण विवरण आउन बाँकी भएकोले मृत्यु हुनेको सङ्ख्यामा थप वृद्धि हुनसक्ने उनले बताए।

डुबानका कारण घरहरूमा फसेका नागरिकलाई समयमै उद्धार गर्न नसक्दा मृत्युहुने को संख्या बढी भएको बाढीपीडितका आफन्तजनले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१