कक्षा ५ र कक्षा ८ मा पढ्ने विद्यार्थीहरुले सल्यानमा बनाए हेलिकप्टर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ मंसिर २०७५, आईतवार ०५:१९

सल्यानमा आजदेखि शुरु भएको छैठौं कृषि, पशु, वन, पर्यटन, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सवमा १५ वर्षमुनिका स्थानीय विद्यार्थीले निर्माण गरेकाे हेलिकप्टर प्रदर्शन गरिएकाे छ ।

जिल्लाकाे ढाेरचाैरमा रहेकाे निराजन माविमा कक्षा ८ मा पढ्ने १५ बर्षका दिपक राना, कक्षा ५ मा पढ्ने निरज रोका र श्रीनगरमा रहेकाे ब्राइटपर्ल एकेडेमीमा कक्षा ७ मा पढ्ने १३ बर्षका बसन्त कुमार बुढाथोकीले बनाएकाे नमुना हेलिकप्टरलाई मेलामा प्रदर्शन गरिएकाे हाे । हेलिकप्टरलाई मञ्चको दायाँपट्टी ठुलो स्थानमा आकर्षक भनेर राखिएको छ ।

केहि स्थानीय श्राेत साधन र बाँकी सामाग्री नेपालगञ्जबाट ल्याएर उनिहरुले उक्त हेलिकप्टर सल्यानमै निर्माण गरेका हुन् ।

महोस्तवमा कृषि तथा पशुपालनको क्षेत्रमा काम गर्ने किसानका लागि स्टलहरु राखिएका छन । त्यस्तै विभिन्न वन तथा बाताबरण र पर्यटन सम्बन्धी पनि स्टलहरु राखिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१