यौन अंगमा ताला !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ मंसिर २०७५, आईतवार ०५:१३

इन्दौर । संसार विश्वासमा नै चलेको हुन्छ । अर्थात विश्वास नै संसारको जग हो । यदि विश्वासमा नै संकट उत्पन्न भयो भने कसैको केही पनि लाग्दैन । त्यहाँमाथि पनि सबैभन्दा बढी विश्वास पतिपत्नीमा हुनुपर्छ । पतिपत्नीमा पनि शंका हुन थाल्यो भने त्यो परिवार कसरी अगाडि बढ्ला ? यस्तै यहाँ एक ४५ वर्षीय पतिले आफ्नी जीवनसाथीको चरित्रमाथि शंका गरेर यौनांगमा ताला लगाएको कुरा बाहिर आएको छ ।

विष पिएर अस्पताल गएपछि उक्त रहस्य बाहिर आएको थियो ।सन् २०१३ जनवरीमा भारतको इन्दौर राज्यमा यो घटना भएको थियो । पत्नीलाई उनको योनांगमा लगाएको तालाको बारेमा अदालतमा सोधपुछ गर्दा उनले सुरुमा दिएको वयान फेरेकी थिइन् । जसले गर्दा अदालतलाई झट्का लागेको थियो ।

न्यायाधीश अवनिद्रकुमार सिंहको इजलासमा उनले आफ्नो वयान फेरेकी थिइन् । यहाँसम्मकी उनले पुलिसलाई दिएको वयानसमेत फेरिन् । यहाँसम्मकी उनले सिआरपिसीको धारा १६४ अनुसार अदालतमा जाहेरी दिएको कुरा पनि होइन भनिन् । त्यसपछि अदालतले उनलाई वयान फेर्ने महिलाको रूपमा राख्यो । ती महिलाले भनिन्, ‘मलाई केही पनि थाहा छैन मैले पुलिसलाई के वयान दिएको थिएँ ।

उनले भनिन्, ‘मैले अदालतलाई पनि केही त्यस्तो वयान दिएको छैन कि मेरो पतिले मलाई शंकाको भरमा मेरो गुप्तांगमा ताला लगाएका थिए । उनले थपिन्, ‘मैले अदालतलाई यो पनि बताएकी छैन कि मेरो पति जब काममा जान्छन्, त्यतिवेला मेरो योनांगमा ताला लगाउँछन् र आएपछि खोलिदिन्छन् । पाँच बच्चाकी आमाले अदालतलाई बताएकी थिइन् कि उनका ४५ वर्षीय पति एक ग्यारेजमा काम गर्दथे । सामान्य कुरामा पनि विवाद झिकेर झगडा गर्नुका साथै मारपिट पनि गर्थे ।

तर, आफ्ना ससाना बच्चाको हेरविचारको चिन्ताको बारेमा भने उनले आफ्नो पतिको बारेमा कुनै सिकायत गरेकी छैन । यदि पुलिसले आफ्नो तर्फबाट गरेको अनुसन्धानलाई आधार मान्ने हो भने उक्त महिलाले आफ्नो पतिबाट धेरै क्रुरता झेलेकी थिइन् । उक्त रिपोर्टअनुसार महिलाले १६ जुलाई २०१२ मा मुसा मार्ने विष पिएर आत्महत्या गर्ने कोसिससमेत गरेकी थिइन् । तर, महिलाले यस आत्महत्याको बारेमा पनि अदालतसमक्ष आफूले यस्तो कार्य नगरेको भनेर ठाडै अस्वीकार गरेकी थिइन् ।

उनले भनिन् कि पैसा निकालेको सामान्य निहुँमा पतिसँग विवाद भएको थियो र रिसको झोकमा आएर विष पिएको बताइन् । यसरी महिलाले आफ्नो पुरानो वयान फेरेको देखेर अदालत पनि वादीको आग्रहअनुसार उसलाई वयान फेर्ने महिला भनेर घोषित गर्न अनुमति दिएको थियो । तर, सहरको शासकीय महाराजा यशवन्तराम अस्पताल (एमवाइएच) कि एक स्त्री रोग विशेषज्ञले दिएको वयानले वादीपक्षलाई बल मिलेको थियो ।

एमवाइएच कि डा.विभा मौजेसले अदालतलाई दिएको वयानअनुसार उनले सन् २०१२ को १६ जुलाईमा यस महिलाको उपचार गरेकी थिइन् । उपचारको क्रममा योनांगमा पिसाबको नली लगाउने बेलामा डा.विभाले गुप्तांगमा ताला लगाएको भेटेकी थिइन् । डा.विभाले जब यस्तो ताला देखिन् त्यसपछि उनीसँग सबै जानकारी लिएकी थिइन् । जानकारीको क्रममा उसको पतिले चार वर्ष पहिला उसलाई गाँजा खुवाएर बेहोस पारेका थिए ।

त्यसैवेला स्क्रु ड्राइभरको सहायताले गुप्तांगमा प्वाल पारेर ताला लगाएका थिए । पुलिसको रोहबरमा उनको गुप्तांगमा लगाएको ताला खोलिएको थियो । अहिले महिलाको पति न्यायिक हिरासतमा क्रममा पुलिसको कस्टडीमा छन् । उनलाई भारतको दण्ड विधान (आइपिसी) को धारा ४९८ ‘क’ (पत्नीमाथि पतिको क्रुरता), धारा ३२६ (खतरनाक हतियारबाट चोट पु¥याउनु) तथा धारा ३४४ (बन्धक बनाएर राख्नु) अनुसार मुद्दा चलिराखेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, असार २०, २०८१