इजरायली सैनिकसँगको झडपमा सय प्यालेस्टायनी घाइते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ मंसिर २०७५, आईतवार ०५:०३

गाजा । प्यालेस्टायनी प्रदर्शनकारी र इजरायली सैनिकका बीचमा भएको झडपमा परी झण्डै एक सय जना प्यालेस्टायनी घाइते भएका छन् । सिमानामा पर्ने पूर्वी गाजा क्षेत्रमा शुक्रबार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको समाचारमा जनाइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल क्वेद्राले झडपमा परी झण्डै एक सय जना घाइते भएको पत्रकारहरुलाई जानकारी दिनुभयो ।

इजरायली सैनिकको गोली लागी घाइते भएका मध्ये एक जना बच्चासहित १४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । साप्ताहिक ¥याली निकाल्ने क्रममा झण्डप भएको अधिकारीहरुले बताएका छन् । यो शुक्रबारको ¥यालीसहितको प्रदर्शन ३५ औ पटक भएको हो । गाजामा भइरहेको ¥याली र प्रदर्शनलाई आन्दोलनकारीहरुले “द ग्रेट मार्च अफ रिटर्न” नाम दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, असार २०, २०८१