बोष्टर मिडियाको सफलतापुर्बक ५ बर्ष पुरा (फोटो तथा भिडियो हेर्नुस)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ मंसिर २०७५, शनिबार १८:१८

काठमाडौं ।नेपाली सञ्चार क्षेत्रको बृहत्तर उत्थान तथा विकास र समाजमा घट्ने दैनिक घटनाको विश्लेषण गरि आम सञ्चार माध्यम मार्फत सूचना सम्प्रषण गर्ने तथा समाजका विभिन्न क्षेत्रमा रहेको व्यक्तिहरुसंग अन्र्तक्रिया एवम पत्रकार सम्मेलन मार्फत शैक्षिक,राजनीतिक, शिक्षा,स्वास्थ्य लगायत विभिन्न विषयहरुमा आम जनतालाई सुसूचित गराउदै आएको यस बोष्टर मिडियाले ५ बर्ष पुरा गरेको छ । पूर्व अर्थमन्त्री डा। रामशरण महतको प्रमुख आतिथ्यतामा बोष्टर मिडियाको पाचौ वार्षिकोत्सव नेपाल टुरिजम बोर्डमा भव्यतापूर्वक सम्पन्न भएको छ ।

पाचौ वार्षिकोत्सव अवसरमा बोष्टर मिडियाको स्मारिका बिमोचन समेत गरिएको छ ।साथै बोष्टर मिडिया अवार्ड २०७५ बाट सम्मानित व्यक्तित्वहरु यस प्रकारका छन् ।

बोष्टर मिडिया सल्लाकार अवार्ड भवानी प्रसाद पौडेल :

शैक्षिक अवार्ड सूर्यबहादुर अधिकारि 

तुलसी थापा मानवअधिकार अवार्ड

पवन बहादुर महतारा स्वास्थ्य योग अवार्ड

जयकला बस्नेत सहकारी अवार्ड

सिता भटराइ स्वास्थ्य एग्रो अवार्ड

नबिनचन्द्र श्रेष्ठ युवा व्यवसायी अर्वाड

केदार अर्याल बिजनेस अवार्ड

रमेश डंगोल अधिवक्ता अवार्ड

तारा बहादुर कुंवर उधमी तथा सामाजीक अभियन्ता अवार्ड

पेशल लुइटेल प्रध्यानध्यापक अर्वाड

श्रीहरी खनाल पत्रकारीता अवार्ड

राजेश्वरी श्रेष्ठ रामाजिक अभियन्ता अवार्ड

शुसिल फुयाल एनजिओ अवार्ड 

बोष्टर मिडिया २०७५ अवार्डबाट सम्मानित गरिएको थियो । शिक्षाविद् भवानी पौडेलले शैक्षिक ज्ञानगुनका कुराहरु शेयर गर्दै शिष्टाचार शैलीमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा रामशरण महतले नेपालमा पुर्बधार राम्रो हुने हो भने पर्यटक प्रचुर मात्रामा आउने र देशले छिट्टै फड्को मार्ने बताउदै अबको ध्यान बिकास पूर्वाधार र पर्यटक बिकासमा हुनुपर्नेमा जोड दिनुभयो। महतले भन्नुभयो राजनीतिक, शैक्षिक, स्वास्थ्य लगायतका विविध क्षेत्रका जानकारीहरुलाई सूचनामुलक तवरबाट प्रकाशन प्रसारण गरेकोमा बोष्टर मिडियाको खुलेर प्रशंसा गरे ।

https://www.facebook.com/rastriyakhabar/videos/491645157983492/

कार्यक्रममा विशिष्ट अतिथि पूर्वमन्त्री आनन्द पोख्रेलले बोष्टर मिडिया मार्फत सञ्चालित राष्ट्रिय खबरले सस्तो लोकप्रियताभन्दा जनपक्षीय खोजमुलक र सामाजिक सूचनामुलक तथा ज्ञानमुलक विषयबस्तुहरुलाई पाठकमाझ लैजान सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश सांसद कल्पना नेपाली ,पर्यटनविद दिपक महत,टंक पन्त लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । मिडियालाई तथ्यपरक, सूचनामुलक, ज्ञानमुलक बनाउनका लागि पत्रकारीता क्षेत्रको ज्ञान अनुभवको साथै निरन्तरताको खाँचो आवश्यक छ, त्यस बारेमाा बोष्टर मिडिया र यसका सञ्चालक मुकुन्द ढुंगानाले सफलताको पाइला अगाडी बढाइरहेकोमा थप सफलताको शुभकामना समेत कार्यक्रमका बक्ताहरुले गरेका थिए ।

आम सञ्चार माध्यम मार्फत सूचना सम्प्रेषण गर्ने तथा समाजका विभिन्न क्षेत्रमा रहेको व्यक्तिहरुसँग अन्र्तक्रिया एवं पत्रकार सम्मेलन मार्फत शैक्षिक,राजनीतिक, शिक्षा,स्वास्थ्य लगायत विभिन्न विषयहरुमा आम जनतालाई सुसूचित गराउदै आएको बोष्टर मिडियाले ५ बर्ष पुरा गरेको छ । फोटो  हेर्नुस :     भिडियो हेर्नुस :

https://www.facebook.com/rastriyakhabar/videos/2566284326801835/

भिडियो हेर्नुस :

https://www.facebook.com/rastriyakhabar/videos/1962998964002759/

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१