रणवीर कपुरसँग बिहे गर्न चाहन्थिन साराअली खान, यसकारण भयो मुड ‘चेन्ज’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ मंसिर २०७५, सोमबार ०५:४०

एजेन्सी । सैफअली खानकी हिरोइन छोरी साराअली खानले एउटा रियालिटी सोमा आफूले कार्तिक आर्यनसँग डेट गर्न र रणवीर कपुरसँग बिहे गर्न चाहेको बताएकी थिइन्  । तर, अहिले उनको मन बदलिएको छ  । हाल आफ्नो डेब्यु फिल्म केदारनाथको प्रमोसनमा खटिएकी साराले अहिले बोली फेरेकी छिन्  ।

उनले आफूलाई कार्तिक अहिले पनि मन पर्ने भए पनि रणवीरबारे भने धारणा बदलेकी छिन्  । उनले एउटा रेडियोमा अन्तर्वार्ता दिँदै आफू फिल्म अभिनयमा नआउँदै दर्शकको रूपमा रणवीरलाई चाहेको, तर खासमा अहिले त्यस्तो महसुस नहुने बताएकी छिन्  ।

‘अहिले मेरो सोचाइ र बुझाइमा परिवर्तन आएको छ,’ उनले भनेकी छिन्, ‘कार्तिक र रणवीर दुवै राम्रा छन्  । तर, मैले पहिला सोचेको जस्तोचाहिँ अब हुँदैन  ।’ उनले घुमाउरो पारामा रणवीरभन्दा आफ्नो कोआर्टिस्ट सुशान्त सिंह राजपुत नै ठीक भएको बताएको भारतीय मिडियाले उल्लेख गरेका छन्  ।

सारा सैफअलीकी जेठी पत्नी अमृता सिंहतर्फकी छोरी हुन्  । सारा आफ्नो डेब्यु फिल्म केदारनाथलाई लिएर निकै उत्साही छिन्  । केदारनाथ २१ मंसिरमा प्रदर्शन हुँदैछ  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१