एक दिन संयोगले एउटै बाटोमा प्राचिन राज्य काशी र कौशलका राजाको रथ जुध्न पुग्यो । विपरित दिशाबाट आइरहेका दुवै जना एकै ठाउँमा रोकिन पुगे।
दुवै राजा असमन्जस्यमा परेक कि दुवैमध्ये कसले कसका लागि पहिले बाटो खाली गर्ने । मामला गम्भीर हुन पुग्यो।
समस्याको गम्भीरतालाई बुझ्दै दुवै राजाका सल्लाहकारले तय गरे कि जुन राजाको उमेर कम छ उसले आफूभन्दा जेठो राजालाई जान दिने ।
तर यहाँ एक अर्को संयोग पनि हुन पुग्यो कि दुवै राजाको उमेर समान थियो । कुरा राज्यसम्म पुग्यो । जसको राज्य ठूलो त्यो राजा पहिले जाने । तर राज्यको क्षेत्रफल पनि समान निस्क्यो ।
अन्तिममा दुवै राजाका सल्लाहकार एक निष्कर्शमा पुगे कि जुन राजा बढी गुणी छन् उनले पहिले जाने ।
दुवै राजाका चापलूस व्यक्तिहरु आ-आफ्नो राजाको गुणको बखान गर्न लागे ।
कौशल राज्यका राजाका सारथीले भने, ‘हाम्रो राजा राम्रो व्यक्तिसँग राम्रो र नराम्रो व्यक्तिसँग नराम्रो व्यवहार गर्नुहुन्छ ।’
त्यसपछि काशीका राजाका सारथीले भने, ‘हाम्रो राजाले सबै प्रकारका मानिससँग समान व्यवहार गरेर उसको हृदय जितिदिनुहुन्छ ।’
कौशलका राजाले जब यो कुरा सुने, उनले भने, ‘पहिले काशीका राजाको रथ नै निस्किने छ। किनकी समान व्यवहार (सद्व्यवहार) र विनम्रता नै मानिसको सबैभन्दा ठूलो (श्रेष्ठ) गुण हो।’
यसबाट बुझ्न सकिन्छ कि मानिसको सबैभन्दा श्रेष्ठ (उत्तम) गुण सद्व्यवहार र विनम्रता हो । यदि यस्तो गुण छैन भने मानिस पशु समान हुन्छ।
प्रतिक्रिया