यी हन् स्त्रीले सुधार्नु पर्ने पाँच स्वभाव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० कार्तिक २०७५, शुक्रबार ०५:०८

राम्रो स्वभाव भएका स्त्री भयो भने पतिको जिबन एकदम राम्रो हुन्छ। अनि त्यसै गरि राम्रो स्वभाव भएको पति भयो भने पनि स्त्रीको जिबन स्वोर्गीय हुन्छ । तर यी दुइ जना मध्ये एकजना नराम्रो भयो भने दुबैको जिबन नर्ग समान हुन्छ।

कतिपय मानिसहरुको स्वभाव यस्तो हुन्छ, जसले एक अर्काको जीवन नर्क बनाउँछ । हामीले महिलाहरुमा पाइने ५ नराम्रा स्वभावबारे जानकारी गराउँदैछौँ, त्येसो त पुरुषहरु चाही सबै राम्रा हुन्छन भन्ने होइनन् । पुरुषका कारण पनि सम्बन्धमा धेरै समस्या आउन सक्छन् । यहाँ स्त्रीहरुको ५ स्वभावको बारेमा उल्लेख गरिएको छ ।

१. पतिलाई आफ्नोमात्रै ठान्ने- पति आफ्नो मात्रै हो वा उसको अरुसँग कुनै सम्बन्ध छैन भन्ने महिलाले हरेक पुरुषको जीवनलाई संकटमा पारिरहेका हुन्छन् । यस प्रकारको स्वार्थी सोंच राख्ने महिलाले पुरुषको सार्वजनिक जीवन ध्वस्त पारिदिन्छन् । फलस्वरुपः हरेक पुरुष आफ्ना बाबु आमा, इष्टमित्र, साथीभाई तथा सहकर्मीबाट टाढा हुन बाध्य हुन्छन‍् ।

२. नमिठो वचन बोल्ने- वचनको वाण निकै घातक हुने गर्दछ । चर्को र कर्कस स्वरले सम्बन्धमा दरार पैदा गर्न भूमिका खेलिरहेको हुन्छ । जीवनका हरेक पलहरु निकै आघातपूर्ण हुने गर्दछन् । तर यसको ठीक विपरित, मीठो र भद्र वचन बोल्ने महिला जीवनसाथी बनेमा एउटा पुरुषको जीवन अमृतमय बन्छ ।

३. मनि माइन्डेड अर्थात पैसालाई मात्र महत्व दिने- आफ्नो श्रीमानले सधैं पैसा मात्रै कमाओस् भन्ने सोंच भएका महिलाहरुले हरेक पुरुषलाई पैसा कमाउने मेशिनबाहेक अरु केही ठान्दैनन् । दाम्पत्य जीवनमा पैसाले प्रेम, समर्पण र बफादारिताको ठाँउ लिएपछि आत्मीयता भन्ने कुरा हराउछ। पैसाप्रति मात्रै आशक्ति राख्ने आफ्नो पतिको मात्रै होइन आफ्नै जीवन पनि निकै निरस बनाउँछन् ।

४.कचकचे र रुञ्चे- सामान्य कुरामा पनि किचकिच गर्ने र रुञ्चे स्वभावका महिलाले पनि पुरुषको जीवनलाई नराम्रो असर पारिरहेका हुन्छन् । दिनहुँको गनगन कचकच र गुनासोले पुरुषको मनोबल गिर्दै जान्छ । यस प्रकारको स्वभाव भएका महिलाले पुरुषलाई हौसला दिनुको साटो उसको जीवनलाई निराश र कुण्ठाग्रस्त बनाउँछन् ।

५. हस्तक्षेपकारी स्वभाव- कुनै-कुनै महिलाले पुरुषले गरेका हरेक काममा हस्तक्षेप गर्न मन पराउँछन् । यसरी हस्तक्षेप गर्दा आफूले जितेको महसुस गर्दछन् । तर यस्तो कार्यले पुरुषको जीवनको स्वतन्त्रता तथा निजत्व समाप्त हुन्छ भन्ने उनीहरुलाई अलिकति पनि ख्याल हुदैन । अनि स्वतन्त्रताविनाको जीवन निरस हुने नै भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१