छाती जोडिएका यी जुम्ल्याहा बच्चाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ कार्तिक २०७५, शनिबार ०७:२०

काठमाडौं । शरीरको छातीको भाग जोडीएका जुम्ल्याहा बच्चाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ। भुटानका १५ महिने निमा र देवा नाम गरेका बच्चाको अष्ट्रेलियामा शल्यक्रिया सम्पन्न भएको हो। उनीहरुको कलेजो एउटैमा जोडीएको थियो। जोडीएको कलेजो सफलतापूर्वक छुट्याइएको चिकित्सकले बताएका छन्।

उनीहरुको शल्यक्रिया गर्न ६ घण्टा लागेको डा जोय क्रेमेरीले बताए। बच्चाहरुको शल्यक्रिया गर्न धेरै खर्च लाग्ने भएकाले च्यारिटी शो गरेर खर्च जुटाइएको थियो ।

चिल्ड्रेन फस्ट फाउन्डेसनले च्यारिटी शो गरेर बच्चाहरुको उपचारका लागि खर्च जुटाएको छ । डाक्टरहरुले दुई बच्चलाई छुट्याउने शल्यक्रिया गर्न तीन लाख अमेरिकी डलर भन्दा बढी खर्च हुनसक्ने बताएका थिए ।

निमा र दावा नाम गरेका ती बच्चाको उपचार गराउन आमा भुङ्चु ज्याङ्मो गएको अक्टोबर २ मा अष्ट्रेलियाको मेलबर्न शहरमा पुगेकी थिइन् । डाक्टरहरुले नोभेम्बर ९ मा उनीहरुको शल्यक्रियाको मिति तोकेका थिए ।

उनले बच्चाको परिवारलाई यो खबर सुनाउन पाउँदा आफुहरुलाई निकै खुसी लागेको बताए। शल्यक्रिया पश्चातको २४ देखी ४८ घण्टा चुनौतिपूर्ण हुने भन्दै उनले सकरात्मक परिणाम आउनेमा आफु आशावादी रहेको बताए।

प्रतिक्रिया