काठमाडौं । चर्चामा रहेको शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण लिन पाइने व्यवस्था अन्ततः कार्यान्वयन भएको छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका सबै शाखाबाट यो ऋण लिन सकिने व्यवस्था गरिदिएको छ ।
राष्ट्र बैंकले मंगलबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५’ ले योग्य र इच्छुक सर्वसाधारणलाई आफ्नो अनुकुल शीर्षकमा ऋण लिन आह्वान गरेको हो । सर्वसाधारले राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका जुनसुकै शाखाबाट ऋण पाउनेछन् ।
सरकारले आर्थिक वर्ष २०७५ को बजेटमा नै शैक्षिक प्रमाणपत्र धितोमा राखेर सहुलियतपूर्ण ऋण लिन सकिने उल्लेख गरेको थियो ।
‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५’ कार्यान्वयनमा आएकाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण लिन पाइने भएको हो । कार्यविधिमा शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋणसँगै अन्य ६ किसिमका कर्जा लिन सकिने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले यसअघि असोज ११ गते सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई कार्यविधि कार्यान्वयनका लागि निर्देशन दिइसकेको छ । राष्ट्र बैंकको निर्देशनसँगै बैंक तथा वित्तीय संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर उच्चशिक्षाका लागि ५ लाख रुपैयाँसम्म र व्यवसाय सञ्चालन गर्न ७ लाख रुपैयाँसम्म कर्जा दिन पाउने छन् ।
त्यसैगरी बजेटमा उल्लेख भएका ६ व्यवस्थामा भूकम्प पीडितको निजी आवास निर्माण गर्ने कर्जासम्बन्धि थप एक गरि ७ किसिमका सहुलियतपूर्ण कर्जा दिन पनि राष्ट्र बैंकले निर्देशन गरेको छ । जसअनुसार सर्वसाधारणले ५ करोड रुपैयाँसम्म कर्जा लिन पाउनेछन् । यसअघि सहुलियतपूर्ण कर्जाको लागि ब्याव अनुदान सम्बन्धि एकीकृत कार्यविधि, २०७५ मन्त्रीपरिषदले पारित गरेको थियो ।
एकीकृत कार्यविधिमा रहेका अन्य कर्जामा व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा प्रदान गर्ने, उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्र धितो राखेर अनुदानमा ऋण उपलब्ध गराउने, पिछडिएका महिलालाई स्वआर्जनमार्फत आत्मनिर्भर बनाउने कर्जा, दलित सामुदायलाई सामुदायिक जमानीमा ब्याज अनुदानसहित कर्जा र विदेशबाट फर्केका युवालाई व्यवसाय सञ्चालन गर्न ऋण रहेका छन् ।
कस्तो छ शैक्षिक प्रमाणपत्र धितोमा राखेर लिन ऋण रु सरकारको योजनाअनुसार माध्यामिक वा सो सरह उत्तीर्ण गरी २५ वर्ष ननाघेका नेपाली युवाले उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा पाउने छन् । कार्यविधिअनुसार उच्च शिक्षा हासिल गर्न सहुलियत ९बैंकको आधार दरको २ प्रतिशत नबढ्ने गरी० ब्याजदरमा ५ लाख रुपैयाँसम्म ऋण पाउनेछन् ।
यस्ता विद्यार्थी आर्थिक रुपमा विपन्न, सिमान्तकृत समुदाय वा लक्षित वर्गको हुनुपर्ने तथा नेपालकै कुनै कलेज वा विश्वविद्यालयमा अध्ययन गरिरहेको वा गर्ने हुनुपर्नेछ । उच्चशिक्षाका लागि विदेश पढ्न जाने युवाले यो कर्जा पाउने छैनन् । यस्तो कर्जा प्राप्त गर्न आर्थिक रुपमा विपन्न, सिमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी भएको सिफारिस र अध्ययन गर्ने शैक्षिक संस्था–प्रतिष्ठानमा भर्ना भएको वा हुन योग्य रहेको खुल्ने कागजातको प्रतिलिपि समावेश गनुपर्नेछ ।
यो कर्जा प्राप्त गर्न अनुदान लिन चाहनेले आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थामा निवेदन दिनुपर्नेछ । त्यसको २१ दिनपछि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले कर्जा स्वीकृत हुने वा नहुने सम्बन्धि निर्णय गरिसक्नुपर्नेछ । यसरी बैंक तथा वित्तीय संस्थाले निर्धारण गरेको ब्याजदरको ५ प्रतिशत ब्याज अनुदान सुविधा उपलब्ध हुनेछ ।
उच्च शिक्षा हासिल गरेका युवालाई प्रदान गरिने शिक्षित युवा स्वरोजगार कर्जाका लागि बैंक तथा वित्तीय संस्थामा ऋणिले ‘सक्कल’ शैक्षिक प्रमाणपत्र धितोस्वरुप राख्नुपर्छ । यसको लागि आफूले गर्ने कामको विवरणसहित राष्ट्र बैंकका मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थामा आवेदन दिनुपर्नेछ । यस्तै प्यान नम्बर लिएको र कालो सूचीमा नपरेको हुनुपर्नेछ ।
यो कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भएपछि उच्च शिक्षा अध्ययन गर्न चाहनेसँगै व्यवसाय गर्न चाहने युवा, महिला तथा दलित समुदायले सरकारबाट सहलियतपूर्ण कर्जा प्राप्त गर्न सक्ने तथा सिप प्रमाणीकरण गरी बिनाधितो ऋण पाउने भएका छन् ।
बजेटमा उल्लेख भएका ६ व्यवस्थामा भूकम्प पीडितको निजी आवास निर्माण गर्ने कर्जासम्बन्धि थप एक गरि ७ किसिमका सहुलियतपूर्ण कर्जा कार्यान्वयन प्रक्रिया कार्यविधिमा उल्लेख छन् । एकीकृत कार्यविधिमा रहेका अन्य कर्जामा व्यावसायिक कृषि तथा पशुपंक्षी कर्जा प्रदान गर्ने, उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्र धितो राखेर अनुदानमा ऋण उपलब्ध गराउने, पिछडिएका महिलालाई स्वआर्जनमार्फत आत्मनिर्भर बनाउने कर्जा, दलित सामुदायलाई सामुदायिक जमानीमा ब्याज अनुदानसहित कर्जा र विदेशबाट फर्केका युवालाई व्यवसाय सञ्चालन गर्न ऋण रहेका छन् ।
९यो सामाग्री हामीले १२खरिबाट साभार गरेका हौ०
प्रतिक्रिया