आफ्नै बाबुले बलात्कार गर्दा ज्यान गयो १० वर्षीया बालिकाको

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०७५, आईतवार १३:३७

नेपालगञ्ज ।  बाबुबाट यौन दुव्र्यवहार गरिएकी नेपालगञ्जकी १० वर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।आफ्नै बाबुबाट त कात्तिक ३, ४ र ५ गते पटकपटक यौन दुर्व्यवहारको शिकार भएकी नेपालगन्ज उपमहानगर–२१ पुरैनाकी उनको उपचारको क्रममा मृत्यु भएको हो । १२ कात्तिकमा बेहोस अबस्थामा उनलाई नेपलगञ्ज मेडिकल कलेजको आईसियूमा भर्ना गरिएको थियो ।

उपचार गराइरहेकी उनको मृत्यु भएपछि गत शुक्रबार मुस्लिम परम्पराअनुसार उनको अन्तिम संस्कार गरिएको थियो ।बालिकाको मृत्यु भएपछि उनकी आमाले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी छन् । पोलियो रोगले अपांगता भएकी बालिकालाई तेल लगाउने गरिएको उनकी आमाले बताएकि छन् । जाहेरीमा मृतक बालिकाका बुबाले तेल लगाउने बहानामा स्तन समाउने, योनीमा औंला पसाएर यौन दुर्व्यवहार गरेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१