रौतहट। स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई जिल्ला अदालत रौतहटले बिहीवार राज्य विरुद्धको संगठित अपराधको मुद्दामा थप १५ दिन थुनामा राख्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश प्रकाश श्रेष्ठको एकल इजलासले राउतलाई थप १५ दिन थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको हो।
राज्य विरुद्धको संगठित अपराधको मुद्दामा गत २५ दिनदेखि राउत सहित ५ जना गठबन्धनका नेताहरु प्रहरी हिरासतमा अनुसन्धानको क्रममा रहेका छन्। राउतसंगै जिल्ला गठबन्धनका रौतहट जिल्ला संयोजक अशोक सिंह, विरेन्द्र दास, जयप्रकाश कुमार साह, दिनेशलाल यादव जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा रहेका छन्।
प्रतिक्रिया