होटल व्यवसायी संघका अध्यक्ष मोहन शर्मा लामिछानेसहित २२ जुवाडे पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ कार्तिक २०७५, शुक्रबार ०६:२७

बारा। जुवा खेलिरहेको अवस्थामा बुधवार राती निजगढ नगरपालिकाको सिगौलबाट होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने सहित २२ जना पक्राउ परेका छन्।

ठूलो संख्यामा जुवा खेलिरहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामासहितको टोलीले निजगढ नगरपालिका–३ सिङ्गौलबाट उनीहरुलाई पक्राउ गरेको हो।

केही दिनदेखि ठूलो संख्यामा जुवा खेलिरहेको र लाखौंको हारजित हुने गरेको खबर आएपछि प्रहरीले निगरानी बढाउँदा बुधवार राती होटल व्यवसायी संघका जिल्ला अध्यक्ष लामिछानेसहित यस क्षेत्रका धेरै जुवाडेहरु पक्राउ परेको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।

उनका अनुसार प्रहरीले जुवाडेलाई पक्राउ गर्ने क्रममा जुवाको खालबाट दुई लाख ३० हजार नगद बरामद गरेको छ भने पक्राउ परेका सबैलाई १० दिनको म्याद थपेर कारवाही प्रक्रिया अगाडि बढाइएको छ।

पक्राउ पर्नेमा सिमरा, निजगढ, जीतपुर र वीरगञ्जका व्यवसायीहरु छन्। यस्तै नेपाली कांग्रेस र नेकपाका केही नगरस्तरीय नेतासमेत पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं १ का संजय राउत कुर्मी, वडा नं १० का राजेश प्रसाद कलवार, वडा १३ का राजु साह, जिल्ला बारा निजगढ नगरपालिका वडा ३ का विजय योन्जन, वडा ७ का चुनुलाल श्रेष्ठ, जिल्ला गोर्खा आरुचनौटे गाँउपालिका वडा ३ बस्ने बारा होटल व्यवसायी संघका अध्यक्ष लामिछाने लगायतका रहेको बारा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१