मलेसिया पछि अब ‘थप तीन देशसँग श्रम सम्झौता प्रक्रियामा’ अघि बढ्दै मन्त्री विष्ट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ कार्तिक २०७५, बुधबार ०५:०३

काठमाडौँ । नेपाली कामदारको हित हुने गरी मलेसियासँग सोमवार श्रम सम्झौता गरेको सरकारले अरू तीन देशसँग पनि त्यस्तै सम्झौता गर्न लागिएको जनाएको छ। श्रम सम्झौता गर्न लागिएका देश हुन्- कतार, ओमान र संयुक्त अरब एमिरेट्स।

नेपालले वैदेशिक रोजगारीका निम्ति झण्डै सयवटा देश खुला गरे पनि पहिलो चरणमा बढी कामदार जाने १२ वटा देशमा उचित पारिश्रमिक र सेवा-सुविधासहितको श्रम सम्झौता गरिने सरकारको भनाइ छ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले नै बेहोर्ने व्यवस्था लागु गरे पनि व्यवहारमा त्यो कार्यान्वयन हुन नसकिरहेका बेला श्रम सम्झौतामार्फत् नै त्यसलाई व्यवस्थित गर्ने प्रक्रिया अघि बढाइएको बताएको छ।

सोमवार मलेसियासँग यस्तै विषय सुनिश्चित गर्ने गरी सम्झौता गरेको सरकारले थप तीनवटा देशसँग पनि श्रम सम्झौता गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताए।

सरकारले रोजगारीका निम्ति खुला गरेका झण्डै एक सय देशमध्ये पहिलो चरणमा धेरै कामदार जाने एक दर्जन देशसँग श्रम सम्झौता गर्ने लक्ष्य लिएको मन्त्री विष्टले बताए।

उनले भने, “करिब एक दर्जन देशमा सेवा, सर्त, सुविधा लगायतका व्यवस्था प्रस्ट गर्न सक्यौँ भने धेरै नेपाली श्रमिकको हितको रक्षा गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेका छौँ। त्यसैअनुसार अरू देशसँग पनि श्रम सम्झौता गर्ने गरी अगाडि बढदैछौँ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१