अरिङ्गालले टोकेर घाइते भएका तीन जना बिरामीलाई हेलिकप्टरबाट उद्धार गरि काठमाडौं ल्याइएको छ । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका(४ प्रिति बस्ने एकै घरका तीन जनालाई आइतबार बिहान घर नजिकै अरिङ्गालले टोकेर गम्भिर बनाएको थियो । घाईते हुनेमा ५० बर्षिया सासु जित माया कार्की, २६ बर्षिय बुहारी कमला कार्की र ७ बर्षिया नातिनी जेडिषा कार्की रहेका छन्।
घाइते भएका उनिहरुलाई नेता तामाङले आजै प्रभु एरलाइन्स्को हेलिकप्टरबाट काठमाडौंको केएमसी अस्पतालमा ल्याइएको छ । उनीहरुलाई नेपाली कांग्रेसका नेता तथा रामेछाप जिल्लाबाट गत प्रतिनिधिसभा सदस्यका उम्मेद्धार पुर्ण बहादुर तामाङ कान्छारामले आफ्नो नीजि खर्चमा काठमाडौं ल्याएका हुन् ।
अरिङ्गालको टोकाइबाट घाइते भएका तीन जनामध्ये सासु तथा बुहारको अवस्था चिन्ताजन रहेको र नातिनी जेडिषाको अवस्था सामान्य अस्पताल प्रशासनले जनाएको छ ।
प्रतिक्रिया