एक सय ८८ जना यात्रु बोकेको बिमान दुर्घटनामा परि सबैको मृत्यु भएको आशंका, समुद्रको पानीमाथि हवाईजहाजबाट चुहिएको तेल देखियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ कार्तिक २०७५, मंगलवार ०४:५४

काठमाडौँ । एक सय ८८ जना यात्रु बोकेको लायन एयरको बोइक-७३७ विमान सोमबार बिहान दुर्घटना भएको छ । राजधानी जाकार्ताबाट उडेको लायन एयरको बोइङ्ग ७३७ लगत्तै दुर्घटनामा परेको हो । पाङ्गकाल पिनाङ्गका लागि उडेको विमान दुर्घटना भएको हो । उडेको केही १३ मिनेटमा कन्ट्रोल रुमसँग सम्पर्क टुटेको थियो ।

स्थानीय समय अनुसार सोमबार बिहान ६ बजेर २० मिनेटमा उडेको विमान केही मिनेटमै दुर्घटनामा परेको हो । विमानमा एक शिशु, दुई बालबालिका, दुई पाइलट, पाँचजना विमान कर्मचारी तथा १७८ यात्रु थिए ।

विमानका टुक्रा तथा यात्रुका सामानहरु छरिएको तस्बिरमा देखिएको छ । दुर्घटनामा अधिकांशको ज्यान गएको आशंका छ । अहिले विवरण संकलनको काम भइरहेको रोयटर्सले उल्लेख गरेको छ ।

दुर्घटनामा परी त्यसमा सवार सबै एक सय ८९ जनाको मृत्यु भएको आशंका गरिएको छ। भिडियो फुटेजमा समुद्रको पानीमाथि हवाईजहाजबाट चुहिएको तेल देखिएको छ।


 

प्रतिक्रिया