कंगना महंगी!

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ कार्तिक २०७५, सोमबार ०५:२९

मुम्बई । संसार मैं अभिनेता र अभिनेत्रीको तलबलाई लिएर असन्तुष्टि छ। अभिनेत्रीले आफूहरूलाई काम ज्यादा गर्दा पनि कम पैसा दिएको आरोप लगाउँदै आएका छन्। बेलाबखत बलिउडमा पनि हिरोइनले हिरो र हिरोइनको पारिश्रमिकको दूरीलाई लिएर गुनासो गर्ने गरेका छन्।

तर पछिल्लो समय दीपिका पादुकोनलाई सञ्जय लिला भञ्सालीले आफ्नो फिल्ममा हिरोलाई भन्दा दीपिकालाई ज्यादा पैसा दिएको बताएर हिरोइनको गुनासो सम्बोधन गरेका थिए। भञ्सालीले निर्माण तथा निर्देशन गरेको ‘पद्यावत’मा साहिद कपुर र रनवीर सिंहलाई भन्दा दीपिकालाई ज्यादा पैसा दिइएको थियो । ‘पद्यावत’ रिलिजको समयमा चलेको चर्चा अनुसार दीपिकाले ११ करोड लिएकी थिइन् जबकि रनवीर र साहिदले ७/८ करोड पाएका थिए । यो सँगै दीपिका बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री मानिएकी थिइन् । तर पछिल्लो खबर अनुसार दीपिकाबाट यो उपाधि कंगनाले छिनेकी छिन्।

मिडियामा चलेको चर्चा अनुसार कंगनाले ‘मणिकर्णिका’मा १४ करोड फिस लिएकी छिन् । यो फिल्ममा उनले पाएको रकम उनले यसअघि पाउँदै आएको रकमभन्दा दोब्बर हो।

‘मणिकर्णिका’ मा कंगनाले रानी लक्ष्मीबाईको चरित्र निर्वाह गरेकी छिन् । फिल्म २५ जनवरीका दिन अर्को वर्ष रिलिज हुँदैछ । यही फिल्मका लागि घोड सवारी र तलबारबाजीको प्रशिक्षण लिएकी कंगनाले फिल्मको स्टन्ट पनि आफैं गरेकी थिइन्।

प्रतिक्रिया