युवकको ज्यान गएपछि सरकारले एकैछिनमा पुर्‍यो सडकको खाल्डो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ कार्तिक २०७५, आईतवार ०५:१८

काठमाडौँ । कीर्तिपुरस्थित ल्याबरोटरी स्कुलअगाडि बल्खु–दक्षिणकाली सडक किनारको खानेपानी च्याम्बरमा जमेको पानीमा खस्दा शनिबार एक साइकल यात्रीको मृत्यु भएको छ ।

स्ल्याब खुलै रहेको च्याम्बरमा खसेर काठमाडौं महानगरपालिका–१५, चागलका श्यामसुन्दर श्रेष्ठको ज्यान गएको हो । शवसँगै भेटिएको रातो रंगको माउन्टेन बाइक दुर्घटना भइ खाल्डोमा खसेर मृत्यु भएको देखिएको छ। प्रहरी वृत्त कीर्तिपुरलाई बिहानै ६ बजे स्थानीयले जानकारी दिएपछि प्रहरीले उनको शव खाल्डोबाट निकालेको थियो। दुर्घटना कति बजे भएको भन्नेबारे यकिन भन्न नसकिने प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका–१५ चागल निवासी श्रेष्ठ साइकल चलाएर जाँदै गर्दा खाल्डो नदेखेर खसेको र निस्कन नसकेको हुन सक्ने प्रहरीको अनुमान छ।

घटना घटे लगतै सडकमा महिनौंदेखि रहेको खाल्डो खानेपानीको कार्यालयले शनिबार एक्कासी पुरेको छ। श्रेष्ठको ज्यान गएपछि दिउँसो डोजर लगेर खाल्डो पुरेको स्थानीयले बताएका छन्। बिहान शव फेला परेपछि दिउँसो खाल्डो पुरिएको हो। सडकको बीचमै रहेको खाल्डो महिनौंदेखि त्यतिकै छाडिएको थियो।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको र घटनाको अनुसन्धान थालिएको डिएसपी खड्काले बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१