काठमाडौं । अष्ट्रेलियाका डेभिड वार्नरले बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्ने भएका छन् ।
उनी सिलेट सिक्सरमा आवद्ध भएका हुन्, जुन टिममा नेपालका १८ वर्षीय सन्दीप लामिछाने पनि छन् । दुई खेलाडीले सिधै अनुबन्धन गर्न सक्ने प्रावधानअनुसार सिलेट सिक्सरले सन्दीप र वार्नरलाई लिएको हो ।
बल टेम्परिङ प्रकरणमा एक वर्षे प्रतिबन्ध लागेपछि वार्नरले आईपीएल समेत गुमाएका थिए । तर, खेललाई निरन्तरता दिएका उनले क्यारेवियन प्रिमियर लिग खेले ।
क्यानडामा ग्लोबल टी-२० समेत खेलेका वार्नरले अब बंगलादेश प्रिमियर लिग खेल्नेछन् ।
प्रतिक्रिया