यसरी बनाउनुस् स्वादिलो सुजीको पुरी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ कार्तिक २०७५, बुधबार ०४:४९

काठमाडौं । आँटा वा मैदाको पुरी अनि आलुको तरकारी त तपाईंले खानुभएको होला तर आज हामी तपाईंलाई आलु र सुजीलाई एकैचोटि मुछेर पुरी बनाउन सिकाउँछौं ।

सामग्री
तीनवटा उमालेको आलु
एक कप सुजी
एक चिम्टी हींग
एक सानो चम्चा ज्वानो
एक सानो चम्चा बेसार
आधी चम्चा रातो खुर्सानीको धूलो
एक ठूलो चम्चा मेथी
एक सानो चम्चा चाट मसला
एक सानो चम्चा धनियाँको धूलो
दुई ठूलो चम्चा घिउ
तेल
विधि
सबभन्दा पहिले एउटा भाँडोमा तीनवटा आलुलाई मिच्नुस् ।
अब आलुमा हींग, ज्वानो, खुर्सानीको धूलो, मेथी, चाट मसला, धनियाँको धूलो, घिउ, नून र सुजी हालेर मज्जाले मुछ्नुस् । पानी पटक्कै प्रयोग नगर्नुस् ।
अब मुछेको डल्लोबाट सानो सानो टुक्रा निकालेर बेल्नुस् । हत्केला चिप्लो बनाउनुस् ।
मधुरो आगोमा एक प्यान राख्नुस् र तेल तताउनुस् ।
तेल तातेपछि एक एक गरी पुरी हालेर सुनौलो हुन्जेल तार्नुस् ।
आलु सुजी पुरी तयार भयो । अब अचारसँग यो खानुस् ।
एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१