तिहारमा १७ लाख माला चाहिने, मूल्य पनि बढ्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ कार्तिक २०७५, मंगलवार ०५:१७

काठमाडौं । यस वर्षको तिहारमा गत वर्षभन्दा दुई लाख बढी फूलको माला खपत हुने भएको छ ।

गत वर्ष तिहारमा १५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १७ लाख मालाको माग रहेको बताइएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ ।

यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म बढी तिर्नुपर्ने देखिन्छ ।

यस वर्ष भारतबाट ३० लाख रुपैयाँ बराबरको तीन लाख सयपत्री फूलको माला ल्याइँदै छ । तिहारमा मात्रै रु एक करोड फूलको कारोवार हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१