एन्फासँग बाझ्दा चार क्लव प्रतिबन्धित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ भाद्र २०७१, सोमबार १३:४७

काठमाडौँ – अखिल नेपाल फुटबल संघ एन्फाले आफूसँग गत वर्षको पुरस्कार र तयारीको बाँकी रकम माग गर्ने चार क्लवमाथि प्रतिबन्ध लगाएको छ ।anfa
मछिन्द्र, हिमालयन शेर्पा, सरस्वती र फ्रेन्डस क्लवलाई २०७१ सालभरि एन्फाको आयोजना र स्वीकृति पाएका कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको समामाचार आजको नागरिक दैनिकमा छ । एकैपटक चारवटा क्लवमाथि कारबाही भएको यो नेपाली फुटबलकै पहिलो घटना हो ।
एन्फाको काम कारबाहीसँग असहमत चार क्लवले वैशाखको सुरुआतमा क्लव समन्वय समिति गठन गर्दे गत वर्षको तयारी र पुरस्कार राशि नदिएसम्म एन्फाका कुनै कार्यक्रममा भाग नलिने निर्णय गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१