मोतीराम तिमल्सिना, काभ्रे । विद्यालयमा पढाउने शिक्षकले गलत नियतका साथ बालिकाहरुलाई काखमा लिदै अमानविय तरिकाले जर्बजस्ति करणी गरे पछि विद्यार्थी र अभिभावक उजुरी बोकेर प्रहरीकोमा पुगेका छन् । प्रहरीले शिक्षकलाई पक्राउ गरे लगत्तै अभिभावकको आक्रोश शिक्षक माथी पोखिएको छ ।
प्रहरीकोमा बयान दिन उपस्थित भएका अभिभावक र पक्राउ परेका शिक्षक बीच देखादेख हुँदा हुँदै अभिभावकले शिक्षकलाई छुरी प्रहार गरेका थिए । प्रहरीले रोकेका कारण शिक्षकलाई थप क्षती भएन । विद्यालयका साना साना बालबालिकाहरुलाई शिक्षा दिने नाममा गरेको जर्बजस्ति करणी विरुद्ध अभिभावकहरुको आक्रोश थियो । ‘अप्सनल अंग्रेजी पढाउने शिक्षक शंकर पहरी सरले म र मेरो साथीलाई विद्यालय हाता भित्र सधै जसो कक्षा कोठामा अरु साथीहरुलाई कक्षाकोठाको गृहकार्य गर्न लगाई म र साथी बसेको लास्ट(अन्तिम बेञ्चमा आई काखामा राखी छाती र सुरुवाल भित्र हात पठाई औला योनीमा पसाउँदै आएका थिए ।
असोज ८ गते र १० गते दुबै दिन पहरी सरले पिसाव फेर्ने ठाउँमा कक्षा कोठामा कोहि नभएको मौका छोपी सरको पिसाव फेर्ने घुसाउनु भएको थियो । शिक्षक पहरी तिमी कति राम्री छौ भन्दै सधै गाला समाउने, काखमा लिने, छाती समाउने, फ्रक भित्र हात राखेर संवेदनशिन अंगहरु चलाउने गर्दै आउनु भएको थियो । कहिलेकाँहि सरको पिसाव फेर्ने स्थान समेत समाउन लगाउनु हुन्थ्यो । यो कुरा कसैलाई नभन्नु, भन्यो भने कुट्छु, पिट्छु भन्दै तर्साउनु हुन्थ्यो’–पीडित बालिकाहरुले प्रहरीमा बयान दिएका छन् ।
दिन दिनै बलात्कारका घटना बढिरहेका समयमा घर तथा विद्यालयबाटै बालबालिकाहरु असुरक्षित हुन थालेका छन् । जिल्लाको बेथाञ्चोक गाउँपालिका वडा नम्वर ४ देविस्थानमा रहेको कालिका माविमा कार्यरत शिक्षकले आफ्नै विद्यार्थीहरु माथी जर्बजस्ति करणी गरेको उजुरी दर्ता भएको छ । कालिका मावि बेथाञ्चोक ४ मा कार्यरत शिक्षक ३१ बर्षिय शिक्षक शंकर पहरीले विद्यालयका छात्राहरुलाई अभद्र ब्यवहार गर्दै जर्बजस्ति करणी गरेको उजुरीका उल्लेख गरिएको छ ।
कक्षा ५ मा अध्ययनरत छात्रालाई असोज १० गते दिउसो कक्षा कोठा भित्रै खाली भएको समयमा जर्बजस्तिको प्रयास गरेका थिए । विद्यार्थीले उक्त घटनाका बारेमा अभिभावकलाई भने सँगै उक्त घटना सार्वजनिक भएको थियो । त्यस अघि शिक्षक पहरीले विद्यालयकै अर्की छात्रालाई जर्बजस्ति करणी नै गरेको उजुरी दर्ता भएको छ ।
विद्यालयमा पुगेको प्रहरी टोलीसँग अन्य केहि छात्राहरुले समेत शिक्षक पहरीले एक वर्ष अघि देखि संवेदनशिल अंगहरु चलाउने, भन्यो भने विद्यालयबाट हटाई दिने धम्की दिने गर्दै आएको बताएका छन् ।विद्यालयका शिक्षकहरुलाई पहरीको बानी जानकारी भए पनि वेवास्ता गरेका कारण उनको मनोबल बढ्दै गएको विद्यार्थी तथा अभिभावकहरुले बताएका छन् । विद्यालयका आईतबार सोहि विषयमा छलफल गर्न बसेको बैठकमा अभिभावकहरुले हस्तक्षेप गर्दै विद्यालयका अन्य शिक्षकहरुलाई समेत कारवाहीको माग गरेका थिए । प्रहरीले शिक्षकलाई असोज १८ गते पक्राउ गरी १९ गते म्याद थप गरी अनुसन्धान शुरु गरेको छ । पीडितहरुको तर्फबाट जाहेरी उजुरीमा मुलुकी अपराध(संहिता) ऐन २०४७ को परिच्छेद १८ को दफा २१९ को उपदफा १, २ क, ग र ३ क बमोजिम कारवाहीको माग गरेका छन् ।
आफ्ना सन्तान माथी जर्बजस्ति गरेको जानकारी पाई उजुरी गर्न प्रहरी कार्यालयमा पुगेकी बालिकाकी आमाले शिक्षक पहरीलाई छुरी प्रहार गरेकी थिईन् । प्रहरी सँगै भएकाले थप क्षति हुन पाएन । नेपाल समाचार पत्रमा खबर छ ।
प्रतिक्रिया