नगरकोट ,९ भाद्र । बास्तोला कुल सेवा समिती अन्तर्गतको उपत्यका समन्वय समितिको आयोजना तथा नगरकोट सामुदायिक होम स्टे ग्रामीण पर्यटन विकास समितिको विशेष ब्यबस्थापन। उपत्यका वरपर रहेका २५० जना बास्तोला दिदिबहिनी हरुको सहभागिता कार्यक्रममा नगरकोट सामुदायिक होम स्टे बास्तोला गाउँ अवलोकन भ्रमण ,जाल्पादेवी मन्दिर प्राङ्गणमा तिज विशेष नाचगान ,परमहम्स योग गुरु स्वामी श्री बालकृष्ण नन्द ज्युको प्रवचन जस्ता कार्यक्रम गरिएको । गत वर्ष अषार १५ गते रोपाइँ विशेष कार्यक्रम गरिएको र यस वर्ष तिज विशेष कार्यक्रम गरि यको होम स्टे का सचीव राजकुमार लामिछाने को भनाइ । * ग्रामीण पर्यटन विकासकोलागि होम स्टे मार्फत कृषि पर्यटन ,पर्व पर्यटन ,धार्मिक पर्यटन ,आध्यात्मिक पर्यटन ,सास्कृतिक पर्यटन जास्ता क्रियाकलाप गर्दै जाने कुरा होम स्टेका अध्यक्ष श्री सुरज बास्तोलाले बताउनु भयो ।
प्रतिक्रिया